देउवाले बोलाए कांग्रेसबाट सरकारमा सहभागी मन्त्रीहरूको बैठक


२०८१ माघ २ बुधबार १६:३० बजे

काठमाडौं । सत्ता साझेदार नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले पार्टीबाट सरकारमा सहभागी मन्त्रीहरूलाई छलफलका लागि बोलाएका छन् । देउवाले बिहीबार आफ्नै निवास बुढानिलकण्ठमा पार्टीबाट सरकारमा सहभागी भएका १० मन्त्री र दुई राज्यमन्त्रीलाई छलफलका लागि बोलाएका हुन् ।

सभापति देउवाले संसदीय दलको कार्यसमिति र मन्त्रीहरू बीच अन्तरक्रियाका लागि बैठक बोलाइएको गृहमन्त्री रमेश लेखकले जानकारी दिएका छन्ए । ‘यो संसद बैठक बस्नुअघिको वामवर्क बैठक हो, मन्त्रीहरूले के–के काम गरिरहनु भएको छ भनेर जानकारी गराउने कुरा पनि हो,’ उनले भने ।

सरकारमा सहभागी भएका केही मन्त्रीहरूको प्रभावकारितालाई लिएर पार्टीभित्र प्रश्न उठिरहेकाले त्यस बिषयमा पनि छलफल हुने पार्टीका एक पदाधिकारीले बताए । ‘केही मन्त्री बारम्बार विवादमा आइरहनु भएको छ । त्यस्ता मन्त्रीको इमेजले समग्र पार्टीको इमेज बिग्रेको छ,’ ती पदाधिकारीले भने, ‘त्यसबारेमा पनि हामी गम्भीर छलफल गछौं ।’
 

लेखक चिनारी

प्रतिक्रिया
यो पनि पढ्नुहोस्
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • प्रबन्ध निर्देशक
  • प्रविन कुलुङ राई
  • सूचना तथा प्रसारण विभाग दर्ता नं.
  • १८०२/२०७६-७७