धोविखोला करिडोरमा बनेका सरकारी जग्गाका संरचनामा चल्यो डोजर


२०८१ माघ ६ आइतबार २०:०९ बजे

काठमाडौं । काठमाडौं महानगरपालिका–७ स्थित धोविखोला करिडोरमा सरकारी जग्गा अतिक्रमण गरेर बनाइएका भवन उपत्यका विकास प्राधिकरणले भत्काउन थालेको छ । वडाध्यक्ष विमल होडासहितको टोलीले आइतबार पत्रकार सम्मेलन गरेर उक्त कार्य थालिएको जानकारी गराएका थिए । 

चाबहिलस्थित मालपोत कार्यालयसँगै बनेका भवन भत्काउने क्रममा ती संरचनामा अवस्थित विभिन्न कारखानका मजदुरहरूले डोजर पुगेपछि अवरोध गरेका थिए । मापदण्ड विपरीतको संरचना, सार्वजनिक जग्गामा बनेका संरचना हटाउने कार्य अनुसार आजबाट काम थालिएको उपत्यका विकास प्राधिकरणले बताएको छ । चाबहिलस्थित मालपोत कार्यालयसँगै बनेका भवन भत्काउने क्रममा केहीबेर स्थानीयले अवरोध गरेका छन् ।

ती संरचनामा अवस्थित विभिन्न कारखानका मजदुरहरूले डोजर पुगेपछि अवरोध गरेका थिए । धोविखोला र बागमती नदी किनारमा करिब ५ सय रोपनी जग्गा सार्वजनिक जग्गा अतिक्रमण भएको उल्लेख गर्दै प्राधिकरणले भाडा प्रयोजनका लागि व्यक्तिहरूले बनाएका त्यस्ता संरचना भत्काउने पत्रकार सम्मेलनमार्फत बताइएको छ । वडा नम्बर ७ मा मात्रै करिब १४ रोपनी जग्गा अतिक्रमण भएको बताइएको छ ।
 

लेखक चिनारी

प्रतिक्रिया
यो पनि पढ्नुहोस्
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • प्रबन्ध निर्देशक
  • प्रविन कुलुङ राई
  • सूचना तथा प्रसारण विभाग दर्ता नं.
  • १८०२/२०७६-७७