सार्कबारे आरजुलाई जयशंकरको प्रश्न : तिम्रो देशमा आएर मान्छे मारेको भए के हुन्थ्यो ?


२०८१ पौष २९ सोमबार २३:०२ बजे

काठमाडौं । परराष्ट्रमन्त्री डा. आरजु राणा देउवाले सार्क बैठक आयोजनाबारे भारतीय समकक्षी एस जयशंकरसँग भएका कुराकानीको ‘ब्रिफिङ’ गरेकी छन् । प्रतिनिधि सभाअन्तर्गत अन्तर्राष्ट्रिय सम्बन्ध तथा पर्यटन समितिको बैठकमा परराष्ट्रमन्त्री राणाले भारतीय समकक्षीसँग भएका कुराकानीको ब्रिफिङ गरेकी हुन्।

गत भदौ ३ गते भारत भ्रमणका क्रममा परराष्ट्र मन्त्री देउवाले समकक्षी एस जयशंकरसँग भेटवार्ता गरेकी थिइन् । समितिको बैठकमा परराष्ट्रमन्त्री राणाले भनिन्, ‘स्टेट हेडको बैठक बस्न सबै सहमत हुनुपर्छ । सेप्टेम्बरमा मैले भारत जाँदा सार्कको विषय उठाएको थिएँ । जयशंकरजीले भन्नु भयो– तिम्रो देशमा आएर मान्छे मारेको भए मिटिङ हुन्थ्यो ?’

परराष्ट्रमन्त्री राणाले सार्क बैठक आयोजनाबारे आफूले जयशंकरसँग कुरा उठाएको बताएकी छन्। जयशंकरको उक्त जवाफपछि आफूले केही भन्न नसकेको उनको भनाइ छ । तथापि नेपालले सार्कलाई चलायन बनाउनका लागि आवश्यक काम गरिरहेको परराष्ट्रमन्त्री राणाले बताइन् । ‘नेपालले नजरअन्दाज गरेको होइन । साइड लाइनमा पनि कुरा उठाउन खोजेका थियौं । छौं । तर भइरहेको छैन,’ उनले भनिन् ।
 

लेखक चिनारी

प्रतिक्रिया
यो पनि पढ्नुहोस्
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • प्रबन्ध निर्देशक
  • प्रविन कुलुङ राई
  • सूचना तथा प्रसारण विभाग दर्ता नं.
  • १८०२/२०७६-७७