जेनजीलाई समेट्न निर्वाचन ऐन संशोधन गर्दै सरकार


२०८२ असोज २ बिहीबार १५:२१ बजे

काठमाडौँ : सरकारले फागुनमा हुने आवधिक निर्वाचनमा जेनजीलाई समेट्नको लागि अध्यादेशमार्फत निर्वाचनसम्बन्धी कानुन संशोधन गर्ने तयारी थालेको छ ।

मतदाता नामावली ऐन २०७३ अनुसार निर्वाचन मिति घोषणा भए पछि नयाँ नाम दर्ता गर्न सकिने छैन भन्ने व्यवस्था छ । सरकारले जेनजीलाई निर्वाचन प्रक्रियामा समेट्नको लागि अध्यादेशमार्फत निर्वाचन ऐन संशोधन गर्न लागेको हो । 

गृहमन्त्री अर्यालका अनुसार जेनजीको मताधिकार सुनिश्चित गर्न सरकारले कानुनमा आवश्यक संशोधन गर्नका लागि निर्वाचन आयोगका पदाधिकारीहरुसँग छलफल गरी सहयोग मागेका छन् ।

यस विषयमा निर्वाचन आयोगका कार्यवाहक प्रमुख आयुक्त रामप्रसाद भण्डारीले भने, 'वर्तमान परिस्थितिमा निर्वाचनको अवस्था विषम भएको छ । यस्ता परिवर्तनका मागहरूलाई ध्यानमा राख्दै आवश्यक कानुनी संशोधन गर्न आयोग बाधक बन्ने छैन ।'

विद्यमान कानुनले निर्वाचनको मिति घोषणा भएपछि मतदाता थप्न नमिल्ने भएकाले आयोगले कानुन संशोधनका लागि प्रस्ताव ल्याउन आग्रह गरेको हो । १८ वर्ष उमेर पुगे पनि मतदाता नामावलीमा समावेश नभएका जेनजीहरूको माग बमोजिम उनीहरूको मतदानको अधिकार सुनिश्चित गर्न सरकार तयार रहेको गृहमन्त्रीको भनाइ छ । 

लेखक चिनारी

प्रतिक्रिया
यो पनि पढ्नुहोस्
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • प्रबन्ध निर्देशक
  • प्रविन कुलुङ राई
  • सूचना तथा प्रसारण विभाग दर्ता नं.
  • १८०२/२०७६-७७