उच्च अदालत पाटनका न्यायाधीश सवार कार दुर्घटना


२०८१ माघ १ मंगलबार ०७:४९ बजे

सुनसरी । सुनसरीको बराहक्षेत्रमा उच्च अदालत पाटनका न्यायाधीश सवार कार दुर्घटनामा परेको छ । कोशी प्रदेश प्रहरी कार्यालय विराटनगरका अनुसार मदन भण्डारी राजमार्गअन्तर्गत बराहक्षेत्र नगरपालिका–३ नडाह जंगलमा मंगलबार साँझ सवा ५ बजेतिर उच्च अदालत पाटनका न्यायाधीश नारायणप्रसाद रेग्मी सवार कार दुर्घटनामा परेको हो।

दुर्घटनामा विराटनगर महानगरपालिका–४ घर भएका न्यायाधीश ५४ वर्षीय रेग्मी र इलामको देउमाई नगरपालिका–४ का ६१ वर्षीय कृष्ण खनाल घाइते भएको प्रहरीले जनाएको छ । काठमाडौंबाट विराटनगरतर्फ आउँदै गरेको बी एबी ७१४६ नम्बरको कार दुर्घटनामा परेको बताइएको छ । दुर्घटनामा परेर घाइते भएका दुवै जनाको विराटनगरस्थित नोबेल शिक्षण अस्पतालमा उपचार भइरहेको छ ।

प्रहरीका अनुसार रेग्मीको अवस्था मध्यम र खनालको गम्भीर रहेको छ । न्यायाधीश रेग्मी, उनका भिनाजु, छोरा र छोरी तथा चालकसहित ५ जना सवार रहेको प्रदेश प्रहरी कार्यालय विराटनगरले जनाएको छ । अरु तीन जना सकुशल रहेका छन् भने चालक भक्तपुर नगरपालिका–५ घर भएका ५४ वर्षीय कृष्णमान खोटेजालाई प्रहरीले नियन्त्रणमा लिएर घटनाको अनुसन्धान सुरु गरेको छ ।
 

लेखक चिनारी

प्रतिक्रिया
यो पनि पढ्नुहोस्
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • प्रबन्ध निर्देशक
  • प्रविन कुलुङ राई
  • सूचना तथा प्रसारण विभाग दर्ता नं.
  • १८०२/२०७६-७७