कोमामा रहेको सार्क फर्किने-नफर्किने ठेगान छैन, तर आवश्यक छ : उपेन्द्र यादव


२०८२ श्रावण २५ आइतबार १७:२१ बजे
फाइल फोटो

 काठमाडौं । जनता समाजवादी पार्टी, नेपालका अध्यक्ष उपेन्द्र यादवले दक्षिण एसियाली क्षेत्रीय सहयोग संगठन (सार्क) पुनः सक्रिय हुनेमा आशंका व्यक्त गरेका छन् । आज (आइतवार) काठमाडौंमा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै उनले यस्तो आशंका व्यक्त गरेका हुन् ।

उनले दक्षिण एशियामा सार्कको महत्व धेरै रहेको बताउँदै उनले अहिले कोमामा रहेको टिप्पणी गरे । उनले अब फर्किने हो वा होइन ठेगान नभएको बताए । विगतमा सार्कमा पनि काउण्टर टेरेरिजमको कुरा उठेको बताए ।

आतंकवादी गतिविधिलाई समाप्त गर्ने च्यानल आवश्यक रहेको बताए । आतंकवादीहरुको रुटकज पत्ता लगाएर बेलैमा समस्या समाधान गर्न जरुरी रहेको बताए । अध्यक्ष यादवले आतंकवादी गतिविधि नियन्त्रण गर्न आर्थिक सहयोग कसैले पनि गर्न नहुने बताए । 
 

लेखक चिनारी

प्रतिक्रिया
यो पनि पढ्नुहोस्
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • प्रबन्ध निर्देशक
  • प्रविन कुलुङ राई
  • सूचना तथा प्रसारण विभाग दर्ता नं.
  • १८०२/२०७६-७७