‘पर्यटन क्षेत्रको विकासका लागि निजी क्षेत्र अघि सर्नुपर्छ’


२०८१ पौष ३ बुधबार २०:२४ बजे

काठमाडौं । संस्कृति पर्यटन तथा नागरिक उड्यनमन्त्री बद्रीप्रसाद पाण्डेले पर्यटन क्षेत्रको विकासका लागि निजी क्षेत्र अघि सर्नुपर्नेमा जोड दिएका छन् । नेपाल हस्तकला महासङ्घले आज यहाँ आयोजना गरेको ‘नेपाल–चाइना सांस्कृति तथा पर्यटन सम्मेलन’ लाई सम्बोधन गर्दै उनले निजी क्षेत्र अघिअघि सरकार पछिपछि भएपछि मात्रै पर्यटन क्षेत्रको विकास हुने उल्लेख गरे ।

मन्त्री पाण्डेले भने, ‘चिनियाँले संस्कृतिभित्र पनि अमूर्त पक्षलाई ‘स्टोरी टेलिङ’ को माध्यमबाट पर्यटन क्षेत्रको प्रचार  गरिरहेको अनुभव हाम्रा लागि राम्रो सिकाइ हुनेछ । भौतिक संस्कृतिले मात्रै धेरै कुरा नबोल्ने भएकाले मूर्त र अमूर्त संस्कृतिलाई जोड्न ‘स्टोरी टेलिङ’ को महत्व हुन्छ ।’

उनले पर्यावरणमैत्री पर्यटनमा जोड दिँदै पछिल्लो समय सूचना प्रविधि क्षेत्रको विकासले शिखर चुमेको समयमा डिजिटल टुरिजम विकासतर्फ समेत ध्यान दिनुपर्ने बताए । मन्त्री पाण्डेले नेपाल र चीनबीच प्राचीन समयदेखि नै चित्रकला, काष्ठ कलालगायतका विषयसमेत जोडिएको स्मरण गर्दै नेपाल चाइना शिखर सम्मेलनले दुई देशबीचको सम्बन्ध थप मजबुत हुने विश्वास व्यक्त गरे । 

कार्यक्रममा महासङ्घका अध्यक्ष प्रचण्ड शाक्यले हस्तकला र पर्यटन एक अर्काको परिपुरक भएको र यी दुई बीचमा अन्योन्याश्रित सम्बन्ध रहेको उल्लेख गरे । नेपाली हस्तकला सामग्री ६० भन्दा बढी देशमा निर्यात हुने गरेको र आन्तरिक बजार तथा विदेश निर्यात गरी वार्षिक २४ अर्बको कारोबार हुने गरेको जानकारी गराए ।
 

लेखक चिनारी

प्रतिक्रिया
यो पनि पढ्नुहोस्
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • देविका घर्ती मगर
  • प्रबन्ध निर्देशक
  • प्रविन कुलुङ राई
  • सूचना तथा प्रसारण विभाग दर्ता नं.
  • १८०२/२०७६-७७