पूर्व मेयरको निधनमा आज काठमाडौँ महानगरपालिकामा बिदा


२०८१ पौष १ सोमबार ०९:३४ बजे

काठमाडौं । पूर्व मेयर पीएल सिंहको निधनमा काठमाडौँ महानगरपालिकाले आज (सोमबार) सार्वजनिक बिदा दिएको छ । लामो समय लौहपुरुष गणेशमान सिंहको सहयोगीकोरुपमा रहेर काम गरेका उनी ०४९ सालमा नेपाली कांग्रेसबाट काठमाडौँको मेयर निर्वाचित भएका थिए ।

महानगरपालिकाले सिंहले मेयरकारुपमा महानगरपालिकामा रहँदा र समाज सेवामा सक्रिय हुँदा उपुर्‍याएको योगदानको उच्च कदर गर्दै सोमबार सार्वजनिक बिदा दिएको हो । सोमबार अत्यावश्यक सेवाबाहेक महानगरपालिका र मातहतका कार्यालयहरुमा शोक विदा रहने महानगरपालिकाले जनाएको छ । ८८ वर्षीय सिंहको गए राति चाक्सीबारीमा निधन भएको थियो ।

२०४९ सालमा नेपाली कांग्रेसबाट काठमाडौं नगरपालिकाको मेयर निर्वाचित भएका सिंहले २०५२ साल मंसिर २९ गते काठमाडौं नगरपालिकालाई महानगरपालिका घोषणा गरेका थिए । सिंहको योगदानलाई सम्मान गर्दै आज अत्यावश्येक बाहेक काठमाडौं महानगरपालिका र मातहतका कार्यालयहरूमा शोक बिदा दिइएको महानगरले जानकारी दिएको छ। गत वर्ष सिंहको पेटको शल्यक्रिया गरिएको थियो । उनी लामो समयदेखि अस्वस्थ थिए ।
 

लेखक चिनारी

प्रतिक्रिया
यो पनि पढ्नुहोस्
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • प्रबन्ध निर्देशक
  • प्रविन कुलुङ राई
  • सूचना तथा प्रसारण विभाग दर्ता नं.
  • १८०२/२०७६-७७