पूर्व मेयर पीएल सिंहलाई चाक्सीबारीपछि सानेपामा अन्तिम श्रद्धाञ्जली


२०८१ पौष १ सोमबार १२:२३ बजे

काठमाडौं । काठमाडौं महानगरपालिकाका पूर्व मेयर पीएल सिंहको पार्थिव शरीरलाई अन्तिम श्रद्धाञ्जलीका लागि उनको निवास चाक्सीबारीबारीबाट कांग्रेस केन्द्रीय कार्यालय सानेपामा लगिएको छ । नेपाली कांग्रेसका नेता सिंहको पार्थिव शरीरलाई श्रद्धाञ्जलिका लागि बिहान उनको निवासमा राखिएको थियो ।

सिंह  २०४९ को स्थानीय निर्वाचनमा काठमाडौंका मेयर निर्वाचित भएका थिए । उनको आज ८७ वर्षको उमेरमा उपचारका क्रममा निधन भएको पारिवारिक स्रोतले जनाएको छ । सिंह पेटसम्बन्धी रोगको उपचारमा थिए । उनको आजै अन्त्येष्टि गरिने जनाएको छ ।

लेखक चिनारी

प्रतिक्रिया
यो पनि पढ्नुहोस्
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • प्रबन्ध निर्देशक
  • प्रविन कुलुङ राई
  • सूचना तथा प्रसारण विभाग दर्ता नं.
  • १८०२/२०७६-७७