काठमाडौंका पूर्व मेयर पीएल सिंहको निधन


२०८१ पौष १ सोमबार ०८:१९ बजे
फाइल फोटो

काठमाडौं । काठमाडौंका पूर्व मेयर पीएल सिंहको निधन भएको छ । पूर्वमन्त्री समेत रहेका सिंहको ठमेलको चाक्सीबारीस्थित निवासमा आज (सोमबार) बिहान निधन भएको हो ।

उनी २०४९ सालको स्थानीय तह निर्वाचन जितेर सिंह तत्कालीन काठमाडौं नगरपालिकाको मेयर बनेका थिए । ८५ वर्षीय सिंह लामो समयदेखि अस्वस्थ थिए । गत वर्ष उनको पेटको शल्यक्रिया गरिएको थियो । उनले लौहपुरुष गणेशमान सिंहका प्रमुख सहयोगी भएर पनि काम गरेका थिए ।

तर कांग्रेसको राजनीतिबाट वितृष्णा जागेपछि उनी निष्कृय थिए । उनी पछिल्लो समय गणेशमान सिंहका छोरा एवम् वर्तमान उपप्रधानमन्त्री तथा शहरी विकास मन्त्री प्रकाशमान सिंहको निवासमा बस्दै आएका थिए । उनको निधन पनि प्रकाशमान निवासमै भएको हो ।
 

लेखक चिनारी

प्रतिक्रिया
यो पनि पढ्नुहोस्
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • प्रबन्ध निर्देशक
  • प्रविन कुलुङ राई
  • सूचना तथा प्रसारण विभाग दर्ता नं.
  • १८०२/२०७६-७७