लोकतन्त्रको विकल्प लोकतन्त्र मात्रै : गृहमन्त्री लेखक

‘आत्महत्या, लागूऔषध र सडक दुर्घटना कर्णालीको मुख्य चुनौती’


२०८१ मङ्सिर २५ मंगलबार १५:४२ बजे

सुर्खेत । गृहमन्त्री रमेश लेखकले कर्णाली प्रदेशको मुख्य चुनौती आत्महत्या, लागूऔषध र सवारी दुर्घटना मुख्य चुनौती भएको बताएका छन् । उनले कर्णालीमा शान्ति सुरक्षामा गम्भीर चुनौती नभए पनि सामाजिक अपराधहरू भने बढ्दै गएको बताएका छन् ।

१० जिल्लाका प्रमुख जिल्ला अधिकारीसहित, नेपाली सेना, प्रहरी, सशस्त्र प्रहरी र राष्ट्रिय अनुसन्धान विभागका जिल्ला र प्रदेशका प्रमुखहरूको उपस्थितिमा भएको सुरक्षा गोष्ठीपछि बोल्दै उनले यस्तो बताएका हुन् । ‘सुरक्षा गोष्ठीमा तीन वटा मुख्य चुनौतीहरू आत्महत्या, लागूऔषध र सवारी दुर्घटना देखिएको छ’, उनले भने, ‘यसको नियन्त्रणका लागि निर्देशन दिएको छु ।’ उनले एकै पटक लागूऔषध नियन्त्रण, आत्महत्या रोकथाम गर्न नसकिए पनि पालिका छनोट गरेर नियन्त्रणका उपाय अपनाउन निर्देशन दिइएको पनि जानकारी दिए ।

सो अवसरमा उनले गृहमन्त्रालय मातहत रहेका कार्यालयहरू चाँडै सुर्खेतमा स्थापना गरिने पनि स्पष्ट पारे । ‘कर्णालीमा स्थापना हुनुपर्ने प्रहरीका संरचनाहरू अझै लुम्बिनी प्रदेशको बाँकेमा रहेका छन् ।’ उनले थपे, ‘ती कार्यालयहरू चाँडै कर्णाली प्रदेशभित्र स्थापना गर्छौं ।’ साविकको मध्यपश्चिम विकास क्षेत्र हुँदा नेपाल प्रहरीका अधिकांश संरचना बाँकेमा थिए । एक फरक प्रसङ्गमा गृहमन्त्री लेखकले लोकतन्त्रको विकल्प लोकतन्त्र नै भएकाले संविधानलाई जोगाउँदै यसलाई समृद्ध बनाउँदै लिनुपर्ने तर्क समेत गरेका छन् ।

लेखक चिनारी

प्रतिक्रिया
यो पनि पढ्नुहोस्
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • प्रबन्ध निर्देशक
  • प्रविन कुलुङ राई
  • सूचना तथा प्रसारण विभाग दर्ता नं.
  • १८०२/२०७६-७७