सरकारको प्रमुखको विशेष उडान सञ्चालन गर्ने अवसरप्राप्त हुनु ठूलो सम्मान : हिमालय एअरलाइन्स

हिमालय एयरलाइन्सको चार्टर्ड विमानमा चीन पुगे प्रधानमन्त्री ओली


०६:५५ बजे

काठमाडौं : प्रधानमन्त्री केपी शर्मा ओलीको चीनको औपचारिक भ्रमणमा हिमालय एअरलाइन्सको विशेष विमान प्रयोग गरिएको छ । चिनियाँ संयुक्त लगानीमा सञ्चालित हिमालय एअरलाइन्सले प्रधानमन्त्रीकाे भ्रमणका निम्ति आफ्नो विमान प्रयोग गर्ने अवसर पाएकोमा नेपाल सरकारलाई विशेष धन्यवादसहित आभार प्रकट गरेको छ । 

हिमालय एअरलाइन्सका अध्यक्ष झोएन्योंगले प्रधानमन्त्री चीन जाने क्रममा वायुयानमा उपस्थित भई स्वागत गरेका थिए। हिमालय एअरलाइन्सका उपाध्यक्ष (प्रशासन) विजय श्रेष्ठ पनि बिदाइमा उपस्थित थिए । 

हामीलाई सरकारको प्रमुखको आधिकारिक यात्राको लागि विशेष उडान सञ्चालन गर्ने अवसरप्राप्त हुनु ठूलो सम्मानको कुरा हो। हामीलाई मुलुकको सरकार प्रमुख र देशका उच्चस्तरीय विशिष्ट पदाधिकारीहरू सम्मिलित विशेष उडान सञ्चालन गर्ने अवसरहरुप्रदान गरिदिनुभएकोमा नेपाल सरकारलाई धन्यवाद दिन चाहन्छौं।

-  विजय श्रेष्ठ, उपाध्यक्ष (प्रशासन)

उडानपछि उपाध्यक्ष श्रेष्ठले सरकारको प्रमुखको आधिकारिक यात्राको लागि विशेष उडान सञ्चालन गर्ने अवसरप्राप्त हुनु ठूलो सम्मानको बिषय भएको बताए । उनले भने, भने, ‘हामीलाई सरकारको प्रमुखको आधिकारिक यात्राको लागि विशेष उडान सञ्चालन गर्ने अवसरप्राप्त हुनु ठूलो सम्मानको कुरा हो। हामीलाई मुलुकको सरकार प्रमुख र देशका उच्चस्तरीय विशिष्ट पदाधिकारीहरू सम्मिलित विशेष उडान सञ्चालन गर्ने अवसरहरुप्रदान गरिदिनुभएकोमा नेपाल सरकारलाई धन्यवाद दिन चाहन्छौं। साथै,यस अवसरमा हामी विगतमा नेपाल सरकारको अनुरोधमा हामीले संचालन गरेको काबुलको मानवीय उडान समेत सम्झन चाहन्छौं।’

आजको कूटनीतिक उडानमा प्रधानमन्त्रीसँगै उहाँकी धर्मपत्नी राधिका शाक्य,परराष्ट्रमन्त्री डा. आरजू राणा देउवा,प्रधानमन्त्रीका प्रमुख सल्लाहकार विष्णुप्रसाद रिमाल,आर्थिक तथा विकास सल्लाहकार डा। युवराज खतिवडा,मुख्यसचिव एक नारायण अर्याल,सांसद,सचिव,सरकारी अधिकारी तथा नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकाललगायत ४४ जना सदस्य छन् । 

उडानको उडानदलमा वरिष्ठ क्याप्टेन हाओ दी (पाइलट इन कमाण्ड, उपाध्यक्ष – अपरेशन्स) , क्याप्टेन रिवाज प्रसाद प्रधान र फर्स्ट अफिसर सागर श्रेष्ठ छन्। त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट ११ : १६  बजे (नेपाली समय)  उडेको जहाज बेजिङ क्यापिटल इन्टरनेशनल एयरपोर्टमा ६ बजे साँझ (चीनको स्थानीय समय)  अवतरण गरेको थियो।

उनले आज विगतमा नेपाल सरकारको अनुरोधमा हिमालय एअरलाइन्सले गरेको काठमाडौं–काबुल–काठमाडौं मानवीय उडानको समेत स्मरण गरेका छन् । 

हिमालय एअरलाइन्स नेपालको पहिलो र एक मात्र आइओएसए प्रमाणित वायुसेवा कम्पनी हो । यसले उडान सुरक्षा र ग्राहक सेवाप्रति प्रतिबद्ध रहेर यात्रुहरुको यात्रा सहज र सुरक्षित बनाएको कम्पनीको दाबी छ । यसबाट हिमालय एअरलाइन्स हवाई उडानमा एक भरपर्दो र विश्वसनीय साझेदारको रुपमा स्थापित भएको छ ।

लेखक चिनारी

प्रतिक्रिया
यो पनि पढ्नुहोस्
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • प्रबन्ध निर्देशक
  • प्रविन कुलुङ राई
  • सूचना तथा प्रसारण विभाग दर्ता नं.
  • १८०२/२०७६-७७