प्रधानमन्त्री ओलीको चीन भ्रमण स्वीकृत, ८७ सदस्यीय टोली जाने


२०८१ मङ्सिर १३ बिहीबार २१:३० बजे
फाइल फोटो

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले आउँदो १७ देखि २० गतेसम्म चीनको भ्रमण गर्ने औपचारिक निर्णय भएको छ। प्रधानमन्त्री ओलीको आसन्न चीन भ्रमणमा ८७ सदस्यीय टोली सहभागी हुने भएको छ । मन्त्रिपरिषदको आज (बिहीबार) को बैठकले प्रधानमन्त्रीको भ्रमण स्वीकृत गरेको हो । सरकारी भ्रमण टोली ३९ सदस्यीय हुनेछ ।

निजी क्षेत्रबाट ४८ जना पनि भ्रमण टोलीमा रहने छन् । प्रधानमन्त्री ओलीको भ्रमणको तयारीका लागि परराष्ट्रमन्त्री आरजु देउवा राणा बिहीबार नै चीन गइसकेकी छन् । उनी शनिबार नेपाल फर्कने र पुनः प्रधानमन्त्रीसँग चीन जाने कार्यतालिका छ । स्रोतका अनुसार प्रधानमन्त्री ओलीले १८ मंसिरमा चीनको बेइजिङमा उच्चस्तरीय भेटवार्ता गर्नेछन् । 
 

लेखक चिनारी

प्रतिक्रिया
यो पनि पढ्नुहोस्
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • प्रबन्ध निर्देशक
  • प्रविन कुलुङ राई
  • सूचना तथा प्रसारण विभाग दर्ता नं.
  • १८०२/२०७६-७७