पूर्व सभामुख दमननाथ ढुङ्गानाको निधन


२०८१ मङ्सिर २ आइतबार १०:५६ बजे

काठमाडौं । पूर्व सभामुख दमननाथ ढुङ्गानाको निधन भएको छ । काठमाडौंको फ्रन्टलाइन अस्पतालमा उपचारको क्रममा आइतबार उनको निधन भएको हो । फ्रन्टलाइन अस्पतालमा उपचारको क्रममा आज दिउँसो २ बजे उनको निधन भएको उनका भान्जा सुरज भट्टराईले जानकारी दिए ।

अस्पतालमा उनको कलेजोसम्बन्धी समस्याको उपचार भइरहेको थियो । ढुङ्गाना २०४८ सालदेखि २०५१ सम्म सभामुख थिए । उनी वरिष्ठ अधिवक्ता समेत हुन् । उनले तत्कालीन विद्रोही माओवादीलाई शान्ति प्रक्रियामा ल्याउन महत्वपूर्ण भूमिका निर्वाह गरेका थिए । उनी २०७४ को आमनिर्वाचनमा भक्तपुर क्षेत्र नम्बर २ बाट कांग्रेसको उम्मेदवार भई पराजित भएका थिए।

लेखक चिनारी

प्रतिक्रिया
यो पनि पढ्नुहोस्
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • प्रबन्ध निर्देशक
  • प्रविन कुलुङ राई
  • सूचना तथा प्रसारण विभाग दर्ता नं.
  • १८०२/२०७६-७७