थाइल्याण्ड एरिकाले जितिन् ओपन करातेमा स्वर्ण


२०८२ असार १४ शनिबार १४:३९ बजे

काठमाडौं । नेपाली कराते स्टार एरिका गुरुङले थाइल्याण्ड ओपन करातेमा स्वर्ण पदक जितेकी छन् । उनले सिनियर महिला कुमिते +६८ किलोमा थाइल्याण्डकी चनकन खियोखामलाई पराजित गरिन् ।

एरिका नेपालका लागि गत वर्ष एसियन सिनियर करातेमा ऐतिहासिक रजत पदक तथा केही साताअघि भएको कराते १ प्रिमियर लिगमा पनि ऐतिहासिक कास्य पदक जितेकी थिइन् । थाइल्याण्ड ओपन करातेमा नेपालका लागि अन्य खेलाडीहरूले पनि राम्रो प्रदर्शन गरेका छन् । यू १२ पुरुष कुमिते ३७ किलोमा सम्पन्न बस्नेतले रजत जिते ।

सिनियर पुरुष कुमिते ७५ केजीमा राजिव पुडासैनीले तेस्रो स्थान हासिल गरेका छन् । त्यस्तै सिनियर महिला कुमिते ६८ किलोमा कृतिका अधिकारी तेस्रो भइन् । सिनियर महिला कुमिते ५५ किलोमा सबिना श्रेष्ठले तेस्रो स्थान हासिल गरिन् ।
सिनियर महिला कुमिते ५० किलोमा वर्षा बुढामगर तेस्रो भइन् । यू १४ महिला ५२ किलोमा दिया तामाङ तेस्रो भइन् । पुरुष कुमिते ४५ किलोमा आशिष हरिजन तेस्रो भए । यू१४ पुरुष कुमिते ५० किलोमा प्रजल थापा तेस्रो भए ।
 

लेखक चिनारी

प्रतिक्रिया
यो पनि पढ्नुहोस्
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • प्रबन्ध निर्देशक
  • प्रविन कुलुङ राई
  • सूचना तथा प्रसारण विभाग दर्ता नं.
  • १८०२/२०७६-७७