मदन भण्डारी जीवनका लागि सिद्धान्तको कोणमा बदल्ने अगुवा नेता : प्रधानमन्त्री


२०८२ असार १४ शनिबार १४:१२ बजे

काठमाडौं । प्रधानमन्त्रीे केपी शर्मा ओलीले जननेता मदनकुमार भण्डारी जीवनका लागि सिद्धान्तको कोणमा बदल्ने अगुवा रहेको बताएका छन् । ७४ औं मदन भण्डारीको जयन्तीका अवसरमा सामाजिक सञ्जालमार्फत प्रधानमन्त्री ओलीले आज नेपालको कम्युनिष्ट आन्दोलनलाई सिद्धान्तका लागि जीवन होइन, जीवनका लागि सिद्धान्तको कोणमा बदल्ने अगुवा नेताका रुपमा रहेको बताएका छन् । 

प्रधानमन्त्री ओलीले सामाजिक सञ्जालमा लेखेका छन्, ‘नेपालको कम्युनिष्ट आन्दोलनलाई सिद्धान्तका लागि जीवन होइन, जीवनका लागि सिद्धान्तको कोणमा बदल्ने अगुवा, जननेता मदन भण्डारीको आज ७४ औं जन्मजयन्ती । जनताको बहुदलीय जनवादका प्रणेता जननेता मदन भण्डारीप्रति हार्दिक श्रद्धासुमन अर्पण गर्दछु ।’ आज एमाले र त्यसको जनवर्गीय सङ्गठनले तत्कालीन एमालेका महासचिव भण्डारीको ७४औं जन्मजयन्ती विविध कार्यक्रम गर्दै मनाउँदै छ । 
 

लेखक चिनारी

प्रतिक्रिया
यो पनि पढ्नुहोस्
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • प्रबन्ध निर्देशक
  • प्रविन कुलुङ राई
  • सूचना तथा प्रसारण विभाग दर्ता नं.
  • १८०२/२०७६-७७