सडक छेउमा रक्ताम्य अवस्थामा भेटिएका थिए, अस्पताल पुर्‍याउँदा बिते


२०८२ असार १४ शनिबार १४:४७ बजे

मकवानपुर । पूर्व–पश्चिम राजमार्गको हेटौंडा उपमहानगरपालिका–१९ सान्नानिटारस्थित सडक छेउमा रक्ताम्य घाइते अवस्थामा फेला परेका एक पुरुषको मृत्यु भएको छ । जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी नायब उपरीक्षक श्यामु अर्यालका अनुसार शनिबार बिहान अन्दाजी ४० वर्षीय एक पुरुषलाई टाउकोमा गम्भीर चोट लागेको अवस्थामा फेला पारिएको हो ।

घाइतेलाई तत्कालै उद्धार गरी हेटौंडा अस्पताल ल्याइएको थियो । तर अस्पतालमा डाक्टरले उनलाई मृत घोषणा गरे । हालसम्म मृतकको नाम, थर र ठेगाना खुल्न सकेको छैन । शव हेटौंडा अस्पतालमै राखिएको छ । प्रहरीको प्रारम्भिक अध्ययन अनुसार उक्त व्यक्तिलाई कुनै सवारी साधनले ठक्कर दिएको आशंका गरिएको छ । सवारी ठक्कर वा अन्य कुनै आपराधिक कारणले मृत्यु भएको हो वा होइन भन्नेबारे थप विवरण आवश्यक अनुसन्धानपछि मात्र खुल्ने प्रहरीको भनाइ छ ।
 

लेखक चिनारी

प्रतिक्रिया
यो पनि पढ्नुहोस्
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • प्रबन्ध निर्देशक
  • प्रविन कुलुङ राई
  • सूचना तथा प्रसारण विभाग दर्ता नं.
  • १८०२/२०७६-७७