दिपक मनाङे दोषी ठहर भएपछि मनाङ–२ मा उपनिर्वाचन हुने


२०:१२ बजे

काठमाडौं । गण्डकी प्रदेश सांसद राजीव गुरुङ (दिपक मनाङे) दोषी ठहर भएपछि मनाङ–२ मा उपनिर्वाचन हुने भएको छ । खुँडा प्रहार गरेर ज्यान मार्ने उद्योग गरेको आरोप लागेका मनाङे सर्वोच्च अदालतबाट पनि दोषी ठहर भएका हुन् ।

सर्वोच्च अदालतबाट दोषी ठहर भएपछि गण्डकी प्रदेश सभाका सांसद मनाङे पदमुक्त हुने अवस्थामा पुगेका छन् । सर्वोच्च अदालतले मनाङेलाई ५ वर्ष कैद सजाय गर्ने तत्कालीन पुनरावेदन अदालत पाटनको १२ वर्ष पुरानो फैसलालाई मंगलबार सदर गरेको हो ।

सर्वोच्च अदालतको फैसलासँगै प्रहरीले सांसद मनाङेलाई पक्राउ गरेर फैसला कार्यान्वयनका लागि कारागारमा पठाउने बाटो खुलेको छ । पाँच वर्ष कैद सजाय तोकिएका मनाङे दुई वर्ष ८ महिना कैद बसिसकेका छन् । उनले थप दुई वर्ष ४ महिना कैद सजाय भोग्न बाँकी छ । झुटो विवरण बुझाएर निर्वाचित भएकाले उनको पद खारेज हुनुपर्ने माग सहितको रिट निवेदन सर्वोच्च अदालतमा विचाराधीन छ ।
 

लेखक चिनारी

प्रतिक्रिया
यो पनि पढ्नुहोस्
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • प्रबन्ध निर्देशक
  • प्रविन कुलुङ राई
  • सूचना तथा प्रसारण विभाग दर्ता नं.
  • १८०२/२०७६-७७