दिपक मनाङे रिहा


२०८२ फाल्गुण २७ बुधबार १६:२६ बजे

काठमाडौं : गण्डकीका पूर्वसांसद राजीव गुरुङ, जो दिपक मनाङेको नामले परिचित छन्, रिहा भएका छन्। उनी ज्यान मार्ने उद्योगको मुद्दामा जेल परेका थिए र बुधबार सजाय भुक्तान गरेर छुटेका हुन् ।

डिल्लीबजार कारागार प्रशासनका अनुसार मनाङेले आवश्यक प्रक्रिया पूरा गरेर जेलबाट बाहिर आएका छन्। मनाङेलाई २०६१ सालको वैशाख महिनामा महाराजगञ्जमा गुन्डा नाइके चक्रे मिलनलाई खुकुरी प्रहार गरेको अभियोगमा ५ वर्षको जेल सजाय सुनाइएको थियो। उनले बाँकी रहेको सजाय भुक्तान गरेपछि जेलबाट रिहा भएका हुन्।

२०७९ सालको प्रदेश सभा निर्वाचनमा, मनाङ जिल्ला, प्रतिनिधि सभा क्षेत्र नम्बर १ को प्रदेश सभा निर्वाचन क्षेत्र नं २ बाट स्वतन्त्र उम्मेदवारका रूपमा उम्मेदवारी दिएका मनाङे निर्विरोध निर्वाचित भएका थिए । 

तर, उनलाई ज्यान मार्ने उद्योग मुद्दामा दोषी ठहर गरिएपछि उच्च अदालत पाटनले उनलाई ५ वर्षको कैद सजाय सुनाएको थियो। यस निर्णयविरुद्ध उनले सर्वोच्च अदालतमा पुनरावेदन गरेका थिए।

अन्ततः ज्यान मार्ने उद्योग मुद्दामा दोषी ठहर भएसँगै मनाङे सांसद पदमा रहिरहन अयोग्य घोषित भएका थिए। त्यसैगरी, उनले आगामी ६ वर्षसम्म उम्मेदवार बन्न पनि अयोग्य ठहराइएको छ।

लेखक चिनारी

प्रतिक्रिया
यो पनि पढ्नुहोस्
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • देविका घर्ती मगर
  • प्रबन्ध निर्देशक
  • प्रविन कुलुङ राई
  • सूचना तथा प्रसारण विभाग दर्ता नं.
  • १८०२/२०७६-७७