देशमा भइरहेको भ्रष्टाचार देखेर दिपक मनाङे समेत लज्जित, बुझाए राजीनामा पत्र


२०७७ असार ९ मंगलबार ०७:०८ बजे

पोखरा, ९ असार । गण्डकी प्रदेशका सांसद दीपक मनाङेले भ्रष्टाचार नियन्त्रणमा भूमिका खेल्न नसकेको भन्दै सोमबार अर्थ तथा विकास समितिको सदस्यबाट राजीनामा दिएका छन् ।

जताततै मौलाएको भ्रष्टाचार देख्दा आफूलाई लाज लाग्ने उनको भनाइ छ । ‘अनुगमनमा जाँदा जताततै भ्रष्टाचारै भ्रष्टाचार देखिन्छ, आफैंलाई लाज लाग्छ । समितिले तुरुन्त कारवाही गर्न निर्देशन दिंदा पनि कारवाही हुँदैन । अनि यस्तो समितिमा बस्नुको अर्थ छैन भनेर राजीनामा दिएको हुँ’, सांसद मनाङेले भने ।

भ्रष्टाचार गरिरहेको रंगेहात समात्दा समेत कारवाही गर्न नसकिएको मनाङेको गुनासो छ । भ्रष्टाचार देख्ने तर कारवाही गर्न नसक्ने समितिको औचित्य छैन,’ उनको भनाइ छ ।

समिति सभापति दीपक कोइरालालाई राजीनामा बुझाएर सोमबार नै मनाङे काठमाडौंतर्फ लागेका छन् । नयाँ पत्रिका दैनिकबाट

लेखक चिनारी

प्रतिक्रिया
यो पनि पढ्नुहोस्
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • देविका घर्ती मगर
  • प्रबन्ध निर्देशक
  • प्रविन कुलुङ राई
  • सूचना तथा प्रसारण विभाग दर्ता नं.
  • १८०२/२०७६-७७