भोलि अवकास जान लागेकी किरण राणा एआईजीमा बढुवा

डा. सुन्दरप्रसाद ह्योजु पनि एआईजीमा बढुवा


२०८१ कार्तिक १३ मंगलबार ०६:१४ बजे

काठमाडौं । नेपाल प्रहरीका दुई जना प्रहरी नायब महानिरीक्षक (डीआईजी) प्रहरी अतिरिक्त महानिरीक्षक (एआईजी) मा बढुवा भएका छन् । मन्त्रिपरिषद्को आज (मंगलबार) बसेको बैठकले डीआईजी किरण राणा र डा. सुन्दरप्रसाद ह्योजुलाई एआईजीमा बढुवा गर्ने निर्णय गरेको एक मन्त्रीले जानकारी दिए ।

मन्त्रिपरिषद्ले राणालाई बढुवा गर्ने निर्णय गरेलगतै प्रहरी प्रधान कार्यालयमा उनलाई दर्ज्यानी चिन्ह प्रदान गर्ने तयारी गरिएको छ । प्रहरी महानिरीक्षक वसन्त बहादुर कुंवरले राति नै उनलाई दर्ज्यानी चिन्ह प्रदान गर्न मातहतका निकायलाई प्रधान कार्यालयमा बोलाएका हुन् ।

सिंहदरबारमा मन्त्रिपरिषद बैठक चलिरहँदा प्रहरी प्रधान कार्यालयमा दर्ज्यानी चिन्ह लगाइदिने कार्यक्रम तय गरिएको थियो । राणा प्रहरी सेवाबाट बुधबार नै अवकास हुने भएकी छन् । बिहीबार उमेर हदका कारण अवकास हुने राणालाई कात्तिक ४ गते बढुवा समितिले एआईजीमा सिफारिस गरेको थियो । राणा आफूभन्दा अगाडिका डीआईजी बुद्धिराज गुरुङ र दुर्गा सिंहलाई पछि पार्दै बढुवा भएकी हुन् ।

उनी अवकास भएर जाने भएकाले सिनियरलाई छाडेर बढुवा गरिएको थियो । राणा भोलिदेखि नै बिदा हुने भए पनि विदाई कार्यक्रम भने तिहारपछि मात्रै गर्ने प्रहरी प्रधान कार्यालयको तयारी रहेको जनाइएको छ । दुई दिनपछि अर्का एआईजी रामदत्त जोशी पनि अवकास हुँदैछन् । यस्तै १० गते नै अवकास भएका डीआईजी राजेशनाथ बास्तोलाको पनि बिदाई बाँकी छ । तीन जनाको एकसाथ बिदाई गर्ने प्रहरी प्रधान कार्यालय स्रोतले जानकारी दिएको छ । 
 

लेखक चिनारी

प्रतिक्रिया
यो पनि पढ्नुहोस्
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • प्रबन्ध निर्देशक
  • प्रविन कुलुङ राई
  • सूचना तथा प्रसारण विभाग दर्ता नं.
  • १८०२/२०७६-७७