भाटभेटेनी र लिटल एन्जल्स समूहको लगानीमा नेपालकै ठुलो होटल बन्ने, व्यवस्थापनमा आईटीसी

मीनबहादुर गुरुङ, उमेश श्रेष्ठ र सृजना राणा मुख्य लगानीकर्ता


०६:५३ बजे

काठमाडौँ : ५७ वर्ष सञ्चालनमा आएर कोभिडपछि बन्द भएको दरबारमार्गस्थित होटल अन्नपूर्णको स्थानमा पुनर्निर्माण हुन लागेको नयाँ अत्याधुनिक पाँचतारे होटलमा भारतीय ब्रान्ड आईटीसी वेलकम होटल समूह व्यवस्थापकका रूपमा भित्रिएको छ ।

भाटभटेनी र लिटिल एन्जल्स समूहले खरिद गरेको दरबारमार्गमा रहेको होटल डेल अन्नपूर्ण अब हालसम्मकै नेपालको ठूलो होटलको रुपमा सञ्चालनमा आउन लागेको हो । 

नयाँ दुई २४ र १५ तल्ले भव्य टावर निर्माण हुने होटलको आईटीसी होटल्सले पूर्ण रुपमा व्यवस्थापन हेर्ने गरी बिहीबार राजधानीमा सम्झौता भएको हो ।

अध्यक्ष मीनबहादुर गुरुङले निर्माणको क्रममा रहेको होटल २०८५ वैशाख १ गते सञ्चालनमा आउने गरी निर्माण हुने बताए । उनले भने,‘पर्यटकको पर्याप्त सम्भावना भएको नेपालमा नयाँ ठूलो र आधुनिक सुविधा सम्पन्न होटलले पर्यटक उद्योग थप टेवा पुग्ने छ । पर्यटक भित्र्याउनको लागि पनि महत्त्वपूर्ण भूमिका खेल्नेछ ।’

उनले अन्नपूर्णलाई दक्षिण एसियाकै उत्कृष्ट होटल बनाउने उद्देश्य राखेको समेत बताए । उनले यो होटललाई नेपालको लक्जरी आतिथ्यताको होटल बनाउने पनि बताए । गुरुङले भाटभटेनी सानो क्षेत्रबाट सुरु गरेर अहिले देशव्यापी बनाएको कथासँग जोडर होटललाई अन्नर्राष्ट्रिय क्षेत्रमा परिचित गराउनेसम्म बताए ।

५० रोपनी क्षेत्रफल ३ हजार हाराहारी अतिथि अटाउने क्षमताको नेपालकै सबैभन्दा ठूलो कन्फ्रेन्स हल (सम्मेलन केन्द्र) , ३ सय १८ कोठा, ३० वटा सर्भिस अर्पाटमेन्टसहित निर्माण हुने पाँचतारे होटल सञ्चालनमा आएपछि यसको नाम होटल अन्नपूर्ण वेलकम हुने कार्यकारी निर्देशक सृजना राणाले जानकारी दिइन्। 

होटलमा ६ अर्ब रुपैयाँभन्दा बढी लगानी हुने अनुमान नयाँ लगानीकर्ताको छ । यो होटल अन्तराष्ट्रिय चेन भएसँगै ३३० कोठाको हुने भएको छ । होटल परिसममै विजनेस कम्प्लेक्ससहितको ४० वटा अपार्टमेन्टसमेत हुने छ ।

यसका मुख्य लगानीकर्तामा भाटभेटेनी समूहका अध्यक्ष मीनबहादुर गुरुङ, लिटल एन्जल्सका उमेश श्रेष्ठ र अन्नपूर्ण होटलकी कार्यकारी निर्देशक राणा छन् ।

आईटीसी होटलका प्रमुख कार्यकारी अनिल चड्डाले सम्झौता ऐतिहासिक भएको बताए । उनले भने,‘होटल निर्माण पूरा भएर आएसँगै पर्यटक उद्योगको विकासमा कोसेढुंगा सावित हुने छ ।’

अन्नपूर्ण स्क्वायरका नाममा सञ्चालनमा आउने होटलको निर्माण ६ महिनापछि सुरु गरिनेछ । डिजाइनको काम भारतकै आर्किटेक्चर कम्पनीले गरिरहेको कम्पनीले जनाएको छ ।

लेखक चिनारी

प्रतिक्रिया
यो पनि पढ्नुहोस्
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • प्रबन्ध निर्देशक
  • प्रविन कुलुङ राई
  • सूचना तथा प्रसारण विभाग दर्ता नं.
  • १८०२/२०७६-७७