पहिरोबाट साथीलाई बचाउन गएका कर्णेल आफै बचेनन्

शान्ति मिसनका लागि सिरिया जाने तयारीमा थिए केसी


२०८१ असोज १३ आइतबार १८:१३ बजे

काठमाडौं । पहिरोमा पुरिएर नेपाली सेनाका एक लेफ्टिनेन्ट कर्णेल (प्रमुख सेनानी) को मृत्यु भएको छ । कर्णेल मिलन केसीको पहिरोमा पुरिएको मृत्यु भएको हो । नेपाली सेनाका प्रवक्ता तथा सहायक रथी गौरव केसीका अनुसार उनी सैनिक प्रतिष्ठान खरिपाटीमा कार्यरत थिए । साथीहरुसँग उनी घुम्न सिन्धुलाल्चोक पुगेका थिए ।

सिन्धुपाल्चोकको सुनकोशी गाउँपालिका–४ बिमरेनी जंगल नजिकको सिन्धु बिच रिसोर्टमा बसेका थिए । पहिरो आएर साथीहरू पुरिएपछि उद्धार गर्न भनेर गएका उनी पनि पहिरोमा पुरिएको अवस्थामा भेटिएको जिल्ला प्रहरी कार्यालय सिन्धुपाल्चोकका एसपी सन्तोष खड्काले जानकारी दिए ।

कर्णेल ३६ वर्षीय केसीको घर दोलखा । उनी आफ्ना कोरियन साथीसँग घुम्न गएका थिए । कोरियन नागरिकको अवस्था भने अहिलेसम्म पत्ता नलागेको एसपी खड्काले बताए । उद्धारका लागि गएका प्रमुख सेनानी केसीलाई घाइते अवस्थामा उद्धार गरिए पनि त्यसको केही समयमै ज्यान गएको हो । 

उनको शरीरका विभिन्न भागमा चोट लागेको थियो । पहिरोबाट उद्धार गरेपछि सुरुमा उनी आफैं हिँड्दै जान खोजेका थिए । तर केही बेरमा गाह्रो भयो भन्दै ढलेका उनको त्यहीं ज्यान गयो । केसी शान्ति मिसनका लागि सिरिया जान छनोट भएका थिए । शान्ति मिसनमा जाने भएकैले उनले बढुवाको फुली पनि लगाएका थिएनन् । 
 

लेखक चिनारी

प्रतिक्रिया
यो पनि पढ्नुहोस्
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७