दिल्लीकी मुख्यमन्त्री आतिशीले किन राखिन खाली कुर्सी ?


२०८१ असोज ७ सोमबार १९:१५ बजे

काठमाडौँ । भारतको दिल्लीकी मुख्यमन्त्री आतिशी मरलानले आजदेखि आफ्नो कार्यभार सम्हालेकी छिन् । तर कार्यभार सम्हाल्ने क्रममा उनले मुख्यमन्त्रीको कुर्सी खालिराखेर अर्को कुर्सीमा बसेपछि विवादित बनेकी छिन् ।

आतिशीले दिल्लीको मुख्यमन्त्रीको रुपमा आफूले अरविन्द केजरीवाललाई नै मान्ने भन्दै चार महिना उनको नाममा आफूले मुख्यमन्त्री चलाउने बताएकी छिन् । उनले राम १४ बर्ष बनबास जाँदा भारतले रामको खराउ मागेर सत्ता चलाए जस्तै आफूले खाली कुर्सी राखेर चार महिना मुख्यमन्त्री चलाउने बताएकी हुन् ।

आतिशीको यो कदमको भारतीय जनता पार्टीले आलोचना गरेको छ । भाजपा सांसद मनोज तिवारीले दिल्लीको मुख्यमन्त्रीको पदभार ग्रहण गरेलगत्तै आतिशीको भनाइको खिल्ली उडाएका छन् । तिवारीले आतिशीले आफूलाई मुख्यमन्त्री नै नमानेको र यसको अनेक अर्थ लाग्ने बताएका छन् । बिजेपीले आतिशी र केजरीवालले दिल्लीलाई लालु–राबडी मोडल र सोनिया–मनमोहन मोडेल चलाउन चाहेको भन्दै आलोचना गरेका छन् । –न्यूज कारखाना
 

लेखक चिनारी

प्रतिक्रिया
यो पनि पढ्नुहोस्
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७