रहेनन् ‘मिस्टर काठमाडौं’ विजेता राई, पाँच दिनअघि मात्र जितेका थिए उपाधि


२०८१ असोज २ बुधबार २२:२१ बजे

काठमाडौं । ‘मिस्टर काठमाडौं’ को उपाधि जितेका प्रकाश राईको मृत्यु भएको छ । उनको हृदयघातका कारण मृत्यु भएको बताइएको छ ।राईले पाँच दिनअघि मात्र ७५ किलो तौलमाथि समूहमा मिस्टर काठमाडौं उपाधि जितेका थिए ।

टिम म्यानेजरसहित होटलमा बस्दै आएका राईलाई हृदयघात भएपछि ग्रान्डी अस्पताल लगिएको थियो । मोरङका राईको मृत्यु भएपछि परिवारलाई खबर गरिएको छ । मोरङबाट उनका आफन्त काठमाडौं आएका छन् ।
 

लेखक चिनारी

प्रतिक्रिया
यो पनि पढ्नुहोस्
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७