कर्णाली प्रदेशका डीआईजी चन्द ‘हेडक्वार्टर’ तानिए तानिए


२०८१ असोज ७ सोमबार २१:०९ बजे

काठमाडौं । कर्णाली प्रदेशका प्रहरी प्रमुख प्रहरी नायब महानिरीक्षक (डीआईजी) अर्जुनचन्द ठकुरी प्रहरी प्रधान कार्यालय नक्सालमा तानिएका छन् । उनको ठाउँमा अर्का डीआईजी जनक भट्टराईलाई पठाइएको छ  ।

मदिरा सेवन गरेर होहल्ला मच्चाएर प्रहरी आचरणविपरीत कार्य गरेको भन्दै उनलाई गृह मन्त्रालयले प्रहरी मुख्यालयमा तानेको हो । कर्णाली प्रदेशको जिम्मेवारी प्रहरी मुख्यालयस्थित अपराध अनुसन्धान विभागमा कार्यरत डीआईजी जनक भट्टराईलाई दिइएको छ । प्रहरी केन्द्रीय प्रवक्ता एवं डीआईजी दानबहादुर कार्कीले चन्दलाई मुख्यालय तानिएको पुष्टि गरे ।

उनले भने, ‘प्रहरी आचरण विपरीत काम गरेको पाइएपछि चन्दलाई मुख्यालयमा तानेर उनको ठाउँमा भट्टराईलाई पठाइएको छ ।’ यसअघि २६ भदौमा रकम लेनदनमा मुछिएको आरोपमा मधेश प्रदेशका डीआईजी यज्ञविनोद पोखरेलको पनि सरुवा गरिएको थियो । उनलाई हेडक्वाटरस्थित प्रदेश समन्वय विभागमा सरुवा गरिएको थियो । उनको ठाउँमा अर्का डीआईजी लालमणि आचार्यलाई पठाइएको थियो । नेपाल प्रहरी शिक्षालय भरतपुरमा डीआईजी राजेशनाथ बास्तोलालाई पठाइएको थियो ।
 

लेखक चिनारी

प्रतिक्रिया
यो पनि पढ्नुहोस्
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७