संविधान जतिसुकै राम्रो भए पनि कार्यान्वनय नभए अर्थ हुँदैन : पूर्व प्रधानन्यायाधीश श्रेष्ठ


२०८१ असोज ७ सोमबार २१:१७ बजे

काठमाडौं । पूर्व प्रधानन्यायाधीश कल्याण श्रेष्ठले संविधान कार्यान्वयन नहुनु नै संशोधनको आधार भएको बताएका छन् । आज (सोमबार) काठमाडौँमा आयोजित कार्यक्रममा बोल्दै उनले १० वर्षसम्म आधारभूत कानुन नबनाउने अनि संविधान संशोधन हुनु हुँदैन भन्ने कुरा गलत हुने बताए । 

संविधान जतिसुकै राम्रो भयो भए पनि कार्यान्वनय नभए राम्रोको अर्थ नहुने उनको भनाइ थियो । संघीयताको कार्यान्वयन, क्षत—विक्षत हुन्छ भने वा यसको आधारभुत उद्देश्य हासिल हुनमा नै व्यवाधानकारी हुन्छ भने कार्यान्वयन नहुनु आफैमा पनि संविधान पुनरावलोकनको एउटा आधार भएको उनले बताए । 

‘संविधान जतिसुकै राम्रो भयो भनेपनि संविधान कार्यान्वनय भएन भने त्यो राम्रोको अर्थ हुँदैन । कार्यान्वयनको चरणमा जहाँसम्म प्रश्न छ, सबैजसो वक्ता मान्यहरुले के भन्नुभयो भने यो कार्यान्वयन भएकै छैन, अल्पकार्यान्वयन भएको छ । कार्यान्वयन नै नभइकन के समीक्षा गर्ने रु भन्ने दृष्टिकोण एउटा हो,’ उनले भने, ‘तर १० वर्ष हुँदासम्म एउटा आधारभुत ऐन बनाउन नसक्ने, जसको कारण संघीयताको कार्यान्वयन, क्षत–विक्षत हुन्छ भने वा यसको आधारभुत उद्देश्य हासिल हुनमा नै व्यवाधानकारी हुन्छ भने कार्यान्वयन नहुनु आफैमा पनि संविधान पुनरावलोकनको एउटा आधार हो । संविधान किन कार्यान्वयन भएन ? भन्ने कुराको जवाफमा संविधान संशोधन हुनेकुरा होइन नि ।’ पूर्व प्रधानन्यायाधीश श्रेष्ठले संविधानमा कुन कुन कुरामा संशोधन गर्नुपर्छ भन्नेकुरा दलका नेताहरुले अघि सार्नुपर्ने जिकिर गरे ।
 

लेखक चिनारी

प्रतिक्रिया
यो पनि पढ्नुहोस्
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७