मेलम्चीमा भ्रष्टाचार ठहर भएका पूर्व सचिवसहित चार जनालाई आठ वर्ष कैद


२०८१ असोज ७ सोमबार २१:१५ बजे
मेलेम्ची खानेपानी आयोजनाका तत्कालीन अध्यक्ष गजेन्द्रकुमार ठाकुर ।

काठमाडौं । विशेष अदालतले मेलम्ची खानेपानी आयोजनामा भएको भ्रष्टाचारमा दोषी ठहरिएका चार जनालाई कैद निर्धारण गरेको छ । विशेष अदालतले भदौं २५ गते मेलम्ची खानेपानी आयोजनाको अनियमितता प्रकरणमा पूर्व सचिव गजेन्द्र ठाकुरसहित चार जनालाई दोषी ठहर गरेको थियो  । 

निर्माण र परामर्शदाता चार कम्पनी समेत दोषी ठहर हुँदा ११ जनाले अभियोगबाट सफाइ दिएको थियो । पूर्व सचिव भीम उपाध्यक्ष, सञ्जय शर्मा, बहालवाला सहसचिव रुद्रसिंह तामाङलगायत ११ जनाले सफाइ पाएका थिए । 
कसुर ठहर भएकाको हकमा अदालतले आज सजाय निर्धारण गर्दै ८ वर्ष १ महिना कैद र बिगो बराबर जरिवाना गर्ने फैसला सुनाएको हो ।

अदालतका अध्यक्ष टेकनारायण कुँवर तथा सदस्यद्वय तेजनारायणसिंह राई र मुरारीबाबु श्रेष्ठको इजलासले सचिव ठाकुरलाई ८ वर्ष एक महिना कैद र बिगो बमोजिम जरिवाना निर्धारण गरेको हो । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले ६ फागुन, २०८० मा मेलम्ची आयोजनामा भ्रष्टाचार भएको आरोप लगाउदै तीन पूर्व सचिवसहित १५ जना विरुद्ध विशेष अदालतमा मुद्दा दायर गरेको थियो ।

मेलम्ची खानेपानी आयोजनाको भ्रष्टाचार मुद्दामा कुल ८९ करोड ८ लाख रुपैंया रोज्यकोषमा नोक्सानी भएको निचोड सहित अख्तियारले मुद्दा दायर गरेको थियो । परामर्शदार्ता परामर्शदाता इप्टिसाका टिम लिडर शिव कुमार शर्मा दोषी ठहर भएका छन् भने इटालियन निर्माण कम्पनी सीएमसी भ्रष्टाचारको मतियारमा दोषी ठहर भएको छ ।
 

लेखक चिनारी

प्रतिक्रिया
यो पनि पढ्नुहोस्
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७