अर्थमन्त्री पौडेल आज चीन उड्दै


२०८१ असोज ७ सोमबार २१:१९ बजे

काठमाडौँ । उपप्रधान एवम् अर्थमन्त्री विष्णु पौडेल आज (सोमबार) राति चीन भ्रमणमा जाँदैछन् । चीनका उपप्रधानमन्त्री हि लिफेङको निमन्त्रणामा पौडेल त्यसतर्फ जान लागेका हुन् ।

उपप्रधानमन्त्री पौडेलले भ्रमणका क्रममा चीन सरकार र ग्लोबल सस्टेनबल ट्रान्सपोर्ट इन्नोभेसन एण्ड नलेज सेन्टरले बेइजिङमा आयोजना गर्ने ग्लोबल सस्टेनबल ट्रान्सपोर्ट फोरमलाई पनि सम्बोधन गर्ने कार्यक्रम छ । उपप्रधानमन्त्री पौडेल आगामी शनिबार स्वदेश फर्किने छन् ।
 

लेखक चिनारी

प्रतिक्रिया
यो पनि पढ्नुहोस्
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७