प्रधान सेनापति र फ्रान्सका राजदूतबीच भेट


२०८१ असोज ७ सोमबार २१:१० बजे

काठमाडौं । प्रधान सेनापति अशोकराज सिग्देल र नेपालका लागि फ्रान्सका राजदूत भर्जिनी कर्टेभलबीच जङ्गी अड्डामा शिष्टाचार भेटवार्ता भएको छ । त्यस्तै, आजै प्रधान सेनापति र नेपालका लागि संयुक्त अरब इमिरेट्सका राजदूत अब्दुल्ला सईद मुबारक जारवान अल शम्सीबीच पनि जङ्गी अड्डामा शिष्टाचार भेटवार्ता भएको छ ।

उक्त भेटवार्तामा आपसीहित तथा पारस्परिक सम्बन्धका विषयमा छलफल भएको नेपाली सेनाले जनाएको छ । यस किसिमको भेटघाटले दुई देशबीच रही आएको सम्बन्ध थप सुमधुर एवं प्रगाढ बनाउन मद्दत पुग्ने नेपाली सेनाको विश्वास छ ।
 

लेखक चिनारी

प्रतिक्रिया
यो पनि पढ्नुहोस्
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७