रविलाई पक्राउ गर्ने तयारी, प्रहरी परिचालन


२०८१ असोज ६ आइतबार १५:०९ बजे

काठमाडौं । सहकारी ठगीबारे छानबिनका लागि गठित संसदीय समितिको प्रतिवेदन कार्यान्वयनका लागि गृहमन्त्री रमेश लेखकले निर्देशन दिएसँगै प्रहरी सक्रिय बनेको छ । 

यसअघि मन्त्रिपरिषद् बैठकले प्रतिवेदन कार्यान्वयन गर्ने निर्णय गरेको थियो भने सम्बन्धित मन्त्रालयमा पठाएको थियो ।
गृहमन्त्री रमेश लेखकले प्रतिवेदन तत्काल कार्यान्वयन गर्न निर्देशन दिए लगत्तै प्रहरीले सहकारी ठगी प्रकरणमा पूर्व डीआईजी समेत रहेका गोरखा मिडिया प्रालिका तत्कालीन सञ्चालक छविलाल जोशीलाई पक्राउ गरिसकेको छ । 

उनलाई पक्राउ गरेसँगै गोरखा मिडियाका तत्कालीन प्रबन्ध निर्देशक समेत रहेका पूर्वउपप्रधान एवं गृहमन्त्री रवि लामिछानेलाई पक्राउका लागि प्रहरी परिचालन गरेको छ । ‘सहकारी ठगी बारेको संसदीय समितिको रिपोर्ट कार्यान्वय गर्न निर्देशन छ,’ स्रोतले भन्यो, ‘उहाँलाई आजै पक्राउ गर्ने तयारी छ । त्यसका लागि प्रहरी परिचालन गरिएको छ ।’

संसदीय समितिले सहकारी ठगी प्रकरणमा मुख्य अभियुक्त जीबी राईसहित ग्यालेक्सी फोरके टेलिभिजनका तत्कालीन सञ्चालक जोशी, तत्कालीन प्रवन्ध निर्देशक रवि लामिछाने, सञ्चालक कुमार रम्तेललाई कारबाहीका लागि सिफारिस गरेको थियो ।  संसदीय छानबिन समितिको निर्देशन सरकारले कार्यान्वयन गर्ने निर्णय गरेसँगै प्रहरी अनुसन्धानमा ल्याउनु भनेका ५५ जनालाई पक्राउ गर्ने तयारी गरेको हो । 
 

लेखक चिनारी

प्रतिक्रिया
यो पनि पढ्नुहोस्
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७