विचार नपुर्‍याई संविधान संशोधन गर्न खोजिए देश सम्हाल्न सकिँदैन : प्रचण्ड


२०८१ असोज ७ सोमबार २१:१५ बजे
फाइल फोटो

काठमाडौँ । प्रमुख प्रतिपक्षी नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले छेडखानी तरिकाले संविधान संशोधन गर्न खोजिए देश सम्हाल्नै नसक्ने स्थितिमा पुग्ने टिप्पणी गरेका छन् । काठमाडौंमा आज एक कार्यक्रममा बोल्दै उनले विचार नपुर्‍याई यस्तो गल्ती नगर्न कांग्रेस–एमालेलाई सचेत गराए ।

‘संविधान संशोधनको विषयमा अलिकति पनि छेडखानीबाट गयौं भने पाण्डोराको बक्स खोले जस्तै हुन्छ । देश सम्हाल्नै नसक्ने खतरा हुन सक्छ ।’ उनले भने, ‘जनताले पाएको अधिकार खोसियो भने त्यसले ठूलो अराजकता जन्माउँछ ।नेपालमा सम्हाल्न सक्ने स्थिति हुन्छ भन्ने लाग्दैन । अराजकता फैलाउने गरी संविधान संशोधन नगर्दिनोस् भन्न चाहन्छु ।’

उनले दोस्रो संविधानसभाबाट पनि संविधान सजिलै बन्न नदिन धेरै शक्तिहरूले चलखेल गरेको स्मरण गरे ।  त्यतिबेला शान्ति र संविधानको निम्ति प्रमुख भूमिका खेल्नेमध्ये आफू एक भएको उनले दाबी गरे । आफू जीवितै हुँदा संविधान नबन्ला कि भनेर धेरै चिन्तित भएको उनले सुनाए । यस्तै अहिलेको निर्वाचन प्रणालीले भ्रष्टाचारलाई संस्थागत गर्न मद्दत पुर्‍याउने भएकाले संशोधन गर्नुपर्ने बताएका छन् ।  

यस्तै अहिलेको संविधानले बहुदलीय प्रतिस्पर्धालाई अङ्गीकार गरेकाले नेपालको सन्दर्भमा दुई दलीय प्रणाली ठिक नभएको स्पष्ट पारे । साथै संविधानमा राखिएको धर्मनिरपेक्षतालाई हटाउन खोजिए ठूलो समस्या आउनेतर्फ उनले सचेत गराए ।  रवीन्द्र मिश्रलाई प्रचण्डको जवाफ : मलाई महत्व पक्कै दिएको होइन, तपाईंले राजनीति गर्नुभयो
मओवादी केन्द्रका अध्यक्ष प्रचण्डले राप्रपाका वरिष्ठ उपाध्यक्ष रवीन्द्र मिश्रले आफूलाई प्रशंसा गरेको कि आलोचना गरेको बुझ्न नसकेको टिप्पणी गरेका छन् । संविधान निगरानी समूहको कार्यक्रममा बोल्दै मिश्रले देशको राजनीति प्रचण्डकै वरिपरि घुमिरहेको टिप्पणी गरेका थिए ।

त्यही कार्यक्रममा बोल्दै प्रचण्डले भने, ‘उहाँलाई मैले यहाँ पस्दै गर्दा तपाईंले प्रशंसा गर्नु भएको कि आलोचना गर्नुभ एको बुझ्नै सकिएन भनेको थिएँ । उहाँले अस्ती मैले झट्ट देखेको थिएँ, उहाँले दरवार मार्गको नाम पनि कांग्रेस–एमालेले प्रचण्ड मार्ग राखे हुन्छ भन्नु भयो । यो कांग्रेस, एमाले र प्रचण्डको बीचमा लडाइँ पार्न खोजेको हो कि मलाई त्यो महसुस भयो । त्यो विचार राख्ने मान्छेले प्रचण्डलाई महत्व पक्कै दिनु भएको होइन । उहाँले राजनीति गर्नु भएको हो । त्यो स्वतन्त्रता तपाईंलाई छ ।’ उनले यो प्रचण्डको संविधान नभएर जनताको संविधान भएको जवाफ दिए । प्रचण्डले संविधानसभाको निर्वाचन गराउने र बनाउनेमा आफ्नो भूमिका महत्वपूर्ण रहेको बताए ।
 

लेखक चिनारी

प्रतिक्रिया
यो पनि पढ्नुहोस्
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७