रविन्द्र मिश्रको टिप्पणी : नेपालको राजनीति प्रचण्डकै वरिपरि घुमिरहेको छ

‘यो प्रचण्डको संविधान हो, अब नेपालको बनाउनु पर्छ’


२०८१ असोज ७ सोमबार ०६:०१ बजे
फाइल फोटो

काठमाडौं । राप्रपाका वरिष्ठ उपाध्यक्ष रवीन्द्र मिश्रले नेपालको संविधान २०७२ प्रचण्डको संविधान भएको टिप्पणी गरेका छन् । संविधान कार्यान्वयन : अपेक्षा र वास्तविकता विषयक अन्तरक्रिया कार्यक्रममा उनले सशस्त्र द्वन्द्वको १० र मूलधारको राजनीतिमा आएको १५ वर्ष राजनीति प्रचण्डकै वरिपरि घुमिराखेको भन्दै यो प्रचण्डको संविधान २०७२ भएको बताएका हुन् । 

आजको वास्तविकता पनि प्रचण्डबाट नै उजागर भएको र अब सुधारको लागि पनि प्रचण्डको संविधानलाई नेपालको संविधान बनाउनु पर्ने उनले बताए । उनले भने, ‘नेपालको संविधान २०७२ लाई मैले प्रचण्डको संविधान २०७२ भन्ने गरेको छु र अहिले हामी जुन बाटो हिँडिरहेका छौँ, त्यो यहाँ अरू पार्टीका साथीहरू पनि हुनुहुन्छ, पहिले सशस्त्र द्वन्द्वको १० वर्ष त्यो सम्पूर्ण समय प्रचण्डको वरिपरि राजनीति घुम्यो । जब उहाँ मूलधारको राजनीतिमा आएको १५ वर्षपछि पनि उहाँकै वरिपरि राजनीति घुमिराखेको छ । ३२ सिटको जादूमय कुरा त उहाँ आफैले गर्नु भएको छ, सिट थोरै होस् वा धेरै उहाँकै वरिपरि घुमिरहेको छ । यो संविधानलाई प्रचण्डको संविधान भन्नुको कारण के हो भने यसबाट जे भएको छ, त्यो प्रचण्डकै संविधानमार्फत गरिएको छ, जे वास्तविकता छ त्यो पनि यहीबाट उजागर भएका छन्, र जे सुधार खोजिन्छ अब प्रचण्डको संविधानलाई नेपालको संविधान बनाउनु पर्छ भन्ने मेरो धारणा हो ।’

उनले काङ्ग्रेस र एमालेका साथीहरूले यो संविधान हामीले बनाएको भनेर हात उठाए पनि संविधानको निर्माणमा सबैको सहायक भूमिकामा केन्द्रमा प्रचण्ड नै रहेको बताए । संविधानको अब हाँगा र पातको उपचार खोजेर यसलाई टालटुल गरेर देशलाई सही दिशामा ल्याउन नसकिने पनि उनको भनाई छ । 

उनले थपे, ‘तपाईको कोटमा एक–दुई ठाउँमा प्वाल पर्‍यो भने सिलाउन सकिन्छ तर जता त्यतैबाट च्यातियो भने सकिँदैन त्यसैगरि यो संविधानको अब हाँगा हाँगा र पातको उपचार खोजेर यो संविधानले यो देशलाई सही दिशामा ल्याउन सकिँदैन । यो संविधानलाई टालटुल गरेर हुँदैन ।’  

लेखक चिनारी

प्रतिक्रिया
यो पनि पढ्नुहोस्
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • प्रबन्ध निर्देशक
  • प्रविन कुलुङ राई
  • सूचना तथा प्रसारण विभाग दर्ता नं.
  • १८०२/२०७६-७७