अमेरिकी राष्ट्रपति निर्वाचन : ५० मध्ये ३७ राज्यको नतिजा आउँदा को आगाडि ?

ह्यारिसको पक्षमा २०० इलेक्टोरल मत, ट्रम्पको २३०


१२:५८ बजे

काठमाडौं । अमेरिकी राष्ट्रपति चुनावको मतदान सकिएसँगै धमाधम नतिजा आउन थालेको छ । ५० राज्यमध्ये हालसम्म ३७ राज्यको नतिजा आएको छ । जसमध्ये २४ मा रिपब्लिकन पार्टीका डोनाल्ड ट्रम्प र १३ वटामा डेमोक्रेटिक पार्टीकी कमला ह्यारिस विजयी भएकी छन् । ट्रम्पले २३० इलेक्टोरल कलेज भोट प्राप्त गरेका छन् र कमलाले १८७ भोट प्राप्त गरेकी छन् । बहुमतका लागि २७० इलेक्टोरल भोटको आवश्यक पर्दछ ।

ह्यारिसको पक्षमा २०० इलेक्टोरल मत, ट्रम्पको २३०
१३ इलेक्टोरल मत भएको भर्जिनिया राज्यमा कमला ह्यारिसको जित हुने एशोसियट प्रेसले प्रक्षेपण गरेको छ। यससँगै ह्यारिसको इलेक्टोरल मत २०० पुग्ने छ । डोनाल्ड ट्रम्प २३० इलेक्टोरल मतसहित अगाडि छन् । उनले स्विङ स्टेट नर्थ क्यारोलाइनाको नतिजा आफ्नो पक्षमा पारेका छन् ।

संसदका दुवै सदनमा पनि रिपब्लिकन पार्टी अगाडि देखिएको छ । सिनेटमा सो पार्टीले ५० सिट आफ्नो पक्षमा पारिसकेको छ । प्रतिनिधि सभामा पनि रिपब्लिकन पार्टीले १६८ सिट जित्ने देखिएको छ ।  डेमोक्र्याट पार्टीले भने सिनेटमा ४१ र प्रतिनिधि सभामा ११९ सिट जित्ने प्रक्षेपण गरिएको छ । 
 

लेखक चिनारी

प्रतिक्रिया
यो पनि पढ्नुहोस्
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • प्रबन्ध निर्देशक
  • प्रविन कुलुङ राई
  • सूचना तथा प्रसारण विभाग दर्ता नं.
  • १८०२/२०७६-७७