लुम्बिनीका मुख्यमन्त्री आचार्य चीन प्रस्थान


२०८१ कार्तिक २६ सोमबार ०७:०७ बजे

काठमाडौं । लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्य चीन प्रस्थान गरेका छन् । चीनको सिचुआन प्रान्तमा हुने अन्तराष्ट्रिय सम्मेलनमा सहभागी हुन सोमबार मुख्यमन्त्री आचार्य त्यसतर्फ प्रस्थान गरेका हुन् ।

चाइना एयरलाइन्सको ५ः५५ बजेको फ्लाइटमार्फत त्यसतर्फ प्रस्थान गरेको मुख्यमन्त्रीको निजी सचिवालयले जनाएको छ । सिचुआन प्रान्तमा समन्वय र विकासको विषयमा छलफल गर्न कार्तिक २६, २७ र २८ गते अन्तराष्ट्रिय सम्मेलन हुँदैछ ।

सोही सम्मेलनमा भाग लिन मुख्यमन्त्री आचार्यसहित ७ सदस्यीय प्रतिनिधिमण्डल चीन प्रस्थान गरेको भ्रमणदलमा सहभागी मुख्यमन्त्रीका स्वकीय सचिव कुशल भुसालले जानकारी दिए । मुख्यमन्त्री आचार्यसहित आर्थिक मामिला तथा योजना मन्त्री धनेन्द्र कार्की, प्रमुख सचिव महादेव पन्थलगायत भ्रमणमा सहभागी छन् । 
 

लेखक चिनारी

प्रतिक्रिया
यो पनि पढ्नुहोस्
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • प्रबन्ध निर्देशक
  • प्रविन कुलुङ राई
  • सूचना तथा प्रसारण विभाग दर्ता नं.
  • १८०२/२०७६-७७