इजरायलले इरानमाथि आक्रमण गर्न हुँदैन : साउदी युवराज


२०८१ कार्तिक २६ सोमबार १३:१३ बजे

काठमाडौं । साउदी अरबका राजकुमार मोहम्मद बिन सलमानलले इजरायललाई इरानको सार्वभौमिकताको सम्मान गर्न र इरानी भूमिमा आक्रमण नगर्न आग्रह गरेका छन् । राजकुमार बिन सलमानले अरब र मुस्लिम नेताहरूको शिखर सम्मेलनमा भने, ‘अन्तर्राष्ट्रिय समुदायले इजरायललाई ‘भगिनी इस्लामी गणतन्त्र इरानको सार्वभौमिकताको सम्मान गर्न र यसको भूमिको उल्लङ्घन नगर्न’ दवाब दिनुपर्छ ।’ 

सुन्नी मुस्लिम बाहुल्य साउदी अरब र शिया बाहुल्य इरानले सिरियालगायत क्षेत्रीय द्वन्द्वको विपक्षमा आफूलाई प्रस्तुत गर्दै आएका छन् । सन् २०१५ मा इरान समर्थित हुथी विद्रोहीले राजधानी साना कब्जा गरेर दक्षिणी शहर एडेनतर्फ अघि बढेपछि साउदी अरबले यमनको अन्तर्राष्ट्रिय मान्यता प्राप्त सरकारलाई समर्थन गर्न सैन्य गठबन्धन परिचालन गरेको थियो ।

रियादले सिया धर्मगुरु निम्र अल–निम्रलाई मृत्युदण्ड दिएको विरोधमा भएको प्रदर्शनका क्रममा इरानस्थित साउदी कूटनीतिक नियोगमा भएको आक्रमणपछि रियाद र तेहरानबीच सम्बन्ध विच्छेद भएको थियो । तथापि, मार्च २०२३ मा उनीहरूले चीनको मध्यस्थतामा एक सुलह सम्झौताको घोषणा गरेका थिए ।

मुद्दाहरू जटिल सम्बन्धमा रहे तापनि हालैका वर्षहरूमा क्षेत्रीय कूटनीतिमा अझ बढी सुलहकारी दृष्टिकोण अपनाएका राजकुमारका लागि यो एक कूटनीतिक उपलब्धि हो । गत वर्ष अक्टोबर ७ मा दक्षिणी इजरायलमा हमासले गरेको अभूतपूर्व आक्रमणपछि गाजामा सुरु भएको युद्धलाई नियन्त्रण गर्ने प्रयासको एक भागको रूपमा साउदी अरब र इरानले उच्चस्तरीय सम्पर्क कायम राखेका छन् ।

युद्ध सुरु भएको पाँच दिनपछि राजकुमार विन सलमान र इरानका तत्कालीन राष्ट्रपति इब्राहिम रायसीबीच पहिलो पटक फोन वार्ता भएको थियो भने एक वर्षअघि अरब लिग र अर्गनाइजेसन अफ इस्लामिक कोअपरेशनको संयुक्त शिखर सम्मेलनका लागि रायसीले रियादको भ्रमण गरेका थिए । आइतबार साउदी अरबका उच्च सैन्य अधिकारी फयाद अल–रुवेली इरानी अधिकारीसँग वार्ताका लागि तेहरान पुगेका थिए ।

सन् २०२३ को नोभेम्बरमा हुने शिखर सम्मेलनको पूर्वसन्ध्यामा राजकुमार मोहम्मद र इरानका वर्तमान राष्ट्रपति मसूद पेजेस्कियानबीच आइतबार फोनमा कुराकानी भएको थियो । इरानी सरकारद्वारा जारी विज्ञप्तिमा भनिएको छ, ‘कार्यकारी मामिलामा व्यस्थताका कारण पेजेस्कियान उपस्थित हुनुभएको छैन र यसको साटो प्रथम उपराष्ट्रपति मोहम्मद रेजा अरेफ रियाद जानुभएको छ ।’

गाजा युद्ध र त्यसपछि लेबनानमा इजरायल र इरान समर्थित हिजबुल्लाहबीच भएको लडाइँले अझ व्यापक द्वन्द्वको डर बढाएको थियो । इरानले यस वर्ष इजरायलमाथि दुई पटक क्षेप्यास्त्र प्रहार गरेको थियो भने बदलामा इजरायलले पनि इरानी भूमिमा जवाफी कारबाही गरेको थियो । पछिल्लो पटक अक्टोबर २६ मा इजरायलले इरानी सैन्य शिविरमा आक्रमण गरेको थियो । रासस
 

लेखक चिनारी

प्रतिक्रिया
यो पनि पढ्नुहोस्
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • प्रबन्ध निर्देशक
  • प्रविन कुलुङ राई
  • सूचना तथा प्रसारण विभाग दर्ता नं.
  • १८०२/२०७६-७७