छानबिन समितिको निष्कर्ष : जीबी समूहले धेरै कम्पनी र सम्पत्ति कब्जा गरेको देखियो


२०८१ असोज ४ शुक्रबार १९:०८ बजे

काठमाडौं । सहकारी संस्था बचत रकम दुरुपयोग सम्बन्धमा संसदीय छानबिन विशेष समितिले गीतेन्द्रबाबु राई (जीवी) ले ठगीको शृङ्खला नै चलाएको निचोड निकालेको छ । जीबी राई समूहले हर्बो र गोर्खा ग्रुप मातहतका कम्पनीमा ऋण दिने र कानूनी परिबन्द पारेर फसाउने गरेको निष्कर्ष निकालेको हो । 

आज (शुक्रबार) सार्वजनिक गरिएको समितिको प्रतिवेदनमा धेरैको कम्पनी र सम्पत्ति कब्जा गरेको देखिएको जनाइएको छ । यसबारे छानबिन गरी कारबाही गर्नुपर्ने निष्कर्ष समितिको छ । प्रतिवेदनमा हर्बो ग्रुपले खोलेको साविक हाम्रो ग्रुप अफ कम्पनी लिमिटेड कब्जा गरेर जीवीले गोर्खा ग्रुप अफ कम्पनी बनाएपछि करिब ९०० मान्छेको बिचल्ली बनाएको पनि समितिले जनाएको छ ।

‘समग्रमा जीबी राईको समूहले हर्बो र गोर्खा ग्रुपका मातहतका व्यक्ति र कम्पनीहरूमा सहकारीको पैसा ऋण दिने, ऋण दिए बापत बिना लगानी शेयर हिस्सा लिने, विस्तारै सबै ऋणीहरूलाई धोका दिने र सम्पत्ति र कम्पनी सबै कब्जा गर्ने र ऋणीहरूलाई कुनै न कुनै कानूनी परिबन्द पारेर फसाउने गरेको र धेरैको कम्पनी र सम्पत्ति कब्जा गरेको देखिएको छ’, प्रतिवेदनमा भनिएको छ, ‘यो सबै विषयको लागि सरोकारवाला सबै निकायमा निर्देशन दिएर सत्य तत्थ छानबिन गर्दै कारबाही गर्नुपर्ने देखिन्छ ।’
 

लेखक चिनारी

प्रतिक्रिया
यो पनि पढ्नुहोस्
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७