प्रधानमन्त्रीले मलाई बजार हल्लाबारे कुरा नगरौं भन्नु भयो : उपसभामुख राना


२०८१ भदौ २८ शुक्रबार १८:३६ बजे

काठमाडौं । प्रतिनिधि सभाकी उपसभामुख इन्दिरा राना मगरले प्रधानमन्त्री केपी शर्मा ओलीले आफूलाई हटाउन खोजिएको विषयमा कुराकानी गरेको बताएकी छन् ।

आज (शुक्रबार) बसेको संवैधानिक परिषदको बैठकपछि पत्रकारहरूसँग कुरा गर्दै उपसभामुख रानाले आफूलाई पदबाट हटाउन खोजेको विषयमा प्रधानमन्त्रीसँग कुराकानी गरेको बताइन् । ‘मैले मेरो अन्तर्राष्ट्रिय छवि छ । कयौं बालबालिका हुर्काएको छु । न त त्यो चिठ्ठी दूतावासमा गएको छ, न त उनीहरू नै अमेरिका गएका छन् । वास्तवमा चिठ्ठी दर्ता नै भएको छैन ।’

उनले भनिन्, ‘त्यसलाई लिएर यस्तो आयो भन्ने कुरा राखें । प्रधानमन्त्रीले तपाईं संवैधानिक परिषदको सदस्य हो । बजारको हल्लाबारे कुरा नगरौं भन्नु भयो । बजारको कुरा बजारमै छाडौं भन्नु भएको छ ।’ यस्तै आफूले गल्ती नगरेको हुँदा राजीनामाबारे कुनै सोंच नभएको पनि उनले बताइन् । 

लेखक चिनारी

प्रतिक्रिया
यो पनि पढ्नुहोस्
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७