प्रधान सेनापति र भारतका राजदूतबीच भेटवार्ता


२०८१ असोज ४ शुक्रबार १९:०९ बजे

काठमाडौं । नेपाली सेनाका प्रधान सेनापति अशोकराज सिग्देल र नेपालका लागि भारतीय राजदूत नवीन श्रीवास्तवबीच जंगी अड्डामा भेटघाट भएको छ । जनसम्पर्क तथा सूचना निर्देशनालय जंगी अड्डामा शुक्रबार सिग्देल र श्रीवास्तवबीच भेटघाट भएको हो । 

प्रधान सेनापतिको कार्यकक्षमा भएको उक्त भेटघाटमा दुई पक्षीय आपसी हित तथा पारस्परिक सम्बन्धका विषयमा छलफल भएको थियो । यस किसिमको भेटघाटले दुई देशबीच रही आएको सम्बन्ध थप सुमधुर एवं प्रगाढ बनाउन मद्दत पुग्ने विश्वास लिएको नेपाली सेनाले जनाएको छ ।
 

लेखक चिनारी

प्रतिक्रिया
यो पनि पढ्नुहोस्
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७