माधव नेपालको ‘दुःखेसो’


२०८१ असोज ४ शुक्रबार १९:०६ बजे
फाइल फोटो

काठमाडौं । नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष एवं पूर्व प्रधानमन्त्री माधवकुमार नेपालले आफ्नो पार्टीलाई बेवास्ता गर्ने प्रवृत्ति निन्दनीय रहेको बताएका छन् ।

आज (शुक्रबार) काठमाडौंमा आयोजित एक कार्यक्रममा बोल्दै उनले यस्तो बताएका हुन । उनले मनपरी ढंगले चल्ने र नेकपा (एकीकृत समाजवादी) लाई बेवास्ता गर्ने कुरा निन्दनीय र आलोच्य भएको टिप्पणी गरे । उनले सबै कुरामा छलफल गर्नका लागि आफ्नो पार्टी तयार रहेको बताए । उनले राष्ट्रियता, लोकतन्त्र, परिवर्तनको सवालमा कसैले सहकार्य गरे आफूहरू हातेमालो गर्न तयार रहेको बताए ।

उनले संविधानमा संशोधन गर्नुपर्ने भए पनि मध्यरातमा सम्झौता गर्नुपर्ने, दुई दलले मात्रै गर्नुपर्ने कुरा आवश्यक नरहेको बताएका छन् । उनले संशोधनको विषयहरू आएपछि आफूहरू छलफल गर्न तयार हुने पनि बताए । जनताको सार्वभौम अधिकारलाई कमजोर बनाउने र राम्रा कुरालाई समाप्त पार्ने गरी कुनैपनि संशोधन भए स्वीकार्य नहुने बताए ।

अध्यक्ष नेपालले पार्टीका उपाध्यक्ष मेटमणि चौधरीले लिपुलेक, कालापानी, लिम्पियाधुरा नेपालकै हो भन्ने मान्यता अघि सारिसकेपछि त्यसलाई अझै गीतको विषय बनाउनु पर्ने आवश्यकता नरहेको बताएका छन् । उनले सामाजिक सञ्जालमा अबदेखि पार्टीका विरुद्ध जथाभाबी नलेख्न पार्टीका नेता–कार्यकर्ताहरूलाई निर्देशन दिए ।

लेखक चिनारी

प्रतिक्रिया
यो पनि पढ्नुहोस्
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७