एपिएफको जितमा  रस्मिकुमारी एक्लैको पाँच गोल


२०८१ असोज ४ शुक्रबार २१:२८ बजे

काठमाडौं । एन्फा महिला लिगमा एपिएफ विजयी भएको छ । सातदोबाटोस्थित एन्फा कम्प्लेक्सको मैदानमा आज भएको खेलमा रस्मिकुमार घिसिङको ह्याट्रिकसहित एपिएफले कोशी प्रदेशमाथि ८–० को जित निकाल्यो । 

प्रतियोगितामा यो एपिएफको छैटौँ जित हो । पहिलो खेलमा भने एपिएफले विभागीय टोली नेपाल पुलिस क्लबसँग गोलरहित बराबरी खेलेको थियो ।  जारी प्रतियोगितामा सात खेलपछि एपिएफले १९ अङ्क जोडेको  छ । प्रतियोगितामा तेस्रो हार बेहोरेको कोशी प्रदेश १० अङ्कसहित अङ्क तालिकाको पाँचौँ स्थानमा छ ।

एपिएफको जितमा रस्मिकुमारी घिसिङले पाँच गोल गरिन् भने अनिता बस्नेतले दुई तथा अनिता केसीले एक गोल थपिन् ।  अखिल नेपाल फुटबल सङ्घ (एन्फा) को आयोजनामा जारी लिगमा विभिन्न १० टोलीको सहभागिता रहेको छ । 
 

लेखक चिनारी

प्रतिक्रिया
यो पनि पढ्नुहोस्
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७