रविले बुझेको ८१ लाख ससुरालीसम्म 


२०८१ असोज ४ शुक्रबार २१:३२ बजे

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सभापति रवि लामिछाने गोरखा मिडिया नेटवर्कको प्रबन्ध निर्देशक रहँदा गोपीकृष्ण मुभिज प्रालिमा पनि रकम पेस्की गएको देखिएको छ । गोपीकृष्ण मुभिज रविका ससुरा तथा राष्ट्रिय प्रजातन्त्र पार्टीका नेता उद्धव पौडेलको संस्था हो । 

एमाले नेता तथा सांसद सूर्य थापा नेतृत्वको सहकारी बचत अपचलन छानबिन समितिले बुझाएको प्रतिवेदन अनुसार गोरखा मिडियाबाट गोपीकृष्ण मुभिज प्रालिमा ८१ लाख २५ हजार रुपैयाँ पेस्की गएको उल्लेख छ । सात वटा पर्दाको उक्त हलको ठाउँमा पाँचतारे होटलसहितको बिजनेस कम्प्लेक्स बनाउने भनिएको थियो । सोहीबमोजिम शुरुमा चार वटा हल भत्काइयो । गत वर्ष फागुनदेखि हल समेत पूर्णरुपले बन्द छ ।

उद्धव पौडेल रवि श्रीमती निकिता पौडेलको बुवा हुन् । ‘गोर्खा मिडिया नेटवर्क प्रालिले आर्थिक वर्ष २०७७/७८ मा गोपीकृष्ण मुभिज प्रालिलाई रू.२५,००,००० पेस्की दिएको र आर्थिक वर्ष २०७८र७९ मा थप रु। ६६,२५,००० गरी रु. ८१,२५,००० पेस्की फर्छ्यौट हुन बाँकी देखिन्छ‚’ प्रतिवेदनमा लेखिएको छ । 

यस्तै गोरखा मिडिया नेटवर्कबाट रास्वपा सहमहामन्त्री विपिन आचार्यको नोवोडी प्रोडक्सनमा ४ करोड २१ लाख ९३ हजार ७५० रुपैयाँ पेस्की गएको देखिन्छ ।  गोरखा मिडिया नेटवर्कमा २२,४६,३०,००० सूर्यदर्शन, सुप्रिम, सानो पाइला, स्वर्णलक्ष्मी, समानता, सहारा सहकारीबाट जम्मा भएको प्रतिवेदनमा उल्लेख छ । 
 

लेखक चिनारी

प्रतिक्रिया
यो पनि पढ्नुहोस्
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७