काठमाडौं महानगरका प्रमुख प्रशासकीय अधिकृत परियारको सरुवा, गुरागाईंलाई जिम्मेवारी


२०८१ भदौ ३० आइतबार ०३:३० बजे

काठमाडौं । सरकारले काठमाडौं महानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत प्रदीप परियारलाई सरुवा गरेको छ । सरकारले गरेका ४० जना सहसचिवको सरुवामा काठमाडौँ महानगरका प्रमुख प्रशासकीय अधिकृत परियारको पनि सरुवा भएको हो ।

गत भदौ २७ गते बसेको मन्त्रिपरिषद्को बैठकले विभिन्न मन्त्रालय र निकायमा कार्यरत सहसचिवहरुको सरुवा गर्ने निर्णय गरेको हो । परियारलाई सञ्चार तथा सूचना प्रविधि मन्त्रालयमा सरुवा गरिएको छ । काठमाडौं महानगरको प्रमुख प्रशासकीय अधिकृतको जिम्मेवारी सम्हालेको करिब आठ महिनामा नै परियारको सरुवा गरिएको छ ।

परियार गत माघमा महानगरमा आएका थिए । परियारको सरुवा भएसँगै काठमाडौँ महानगरको प्रमुख प्रशासकीय अधिकृतको जिम्मेवारीमा उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयका सहसचिव सरोजप्रसाद गुरागाईलाई पठाइएको छ ।
सरुवा सूची
 

 

लेखक चिनारी

प्रतिक्रिया
यो पनि पढ्नुहोस्
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७