पत्रकार महांसघका कार्यवाहक अध्यक्ष विष्टले पनि दिए राजीनामा


२०८१ असोज ४ शुक्रबार १७:३६ बजे

काठमाडौँ । नेपाल पत्रकार महासंघका कार्यवाहक अध्यक्ष रमेश विष्टले पनि राजीनामा दिएका छन् । विष्टले असोज १२ गते महासंघको निर्वाचन अनिश्चितकालका लागि स्थगित भएपछि राजीनामा दिएका हुन् ।

आफ्नो राजीनामा उनले भनेका छन्, ‘विधान अनुसार महासघको सदस्यताको फारम नभरेका, शुल्क नबुझाएका, पत्रकारिता क्षेत्रमा रहेको प्रमाण पेश नगरेका, जिल्ला र प्रदेश समितिबाट सिफारिस नभएका करिब साढे ४ सय व्यक्तिका विषयमा जिल्ला अध्यक्षहरुले प्रश्न उठाएपछि  संगठनहरुले त्यसको उत्तर  दिन र जिम्मेवारी लिन नसक्दा यहि असोज १२ गतेका लागि तोकिएको निर्वाचन नहुने निश्चित भएको हो । क्रियाशिल पत्रकारले सदस्यता लिन र जोगाउन संघर्ष गर्नु पर्ने तर पत्रकारीता क्षेत्रले नै नचिनेका व्यक्तिलाई घरमै सदस्यता पुर्‍याउने गलत अभ्यास हुर्किदै जानु लज्जाको विषय हो । संगठनहरुको दवावमा त्यस्ता व्यक्तिलाई सदस्य स्वीकार गर्दै  जानु महासंघको गम्भिर भुल भएको  स्वीकार गर्नु पर्दछ ।’ 

विष्टले व्यक्तिगत र पदाधिकारीको हैसियतले सदस्यताको छिनाझप्टीमा कतै संलग्न नभए पनि २०८१ साल असोज १२ गते तोकिएको  निर्वाचन हुन नसकेकोसहित महासंघबाट  भएका सबै कमजोरीहरुको नैतिक जिम्मेवारी लिदैं  कार्यबाहक अध्यक्षबाट राजीनामा दिएको उल्लेख गरेका छन् । महासंघको निर्वचन समितिले आजै एक सूचना प्रकाशित गरि निर्वाचनका कार्यक्रम स्थगित भएको जानकारी दिएको थियो । महासंघमा विवाद चर्किएपछि महासंघको अध्यक्ष पदबाट विपुल पोखरेलले यसअघि नै राजीनामा दिइसकेका छन् । 
 

लेखक चिनारी

प्रतिक्रिया
यो पनि पढ्नुहोस्
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७