यी हुन् मन्त्रिपरिषद बैठकका पछिल्ला २१ निर्णय (सूचीसहित)


२०८१ असोज ४ शुक्रबार १८:२४ बजे

काठमाडौं । सरकारले सामान्य प्रक्रियाबाट हुन नसकेको बेरुजु पछर्यौट गर्न प्रतिनिधि सभा सदस्य अच्युतप्रसाद मैनालीको अध्यक्षतामा ‘बेरुजु पछर्योट समिति गठन’ गरेको छ ।

बुधबार बसेको मन्त्रिपरिषद् बैठकले प्रतिनिधि सभा अन्तर्गतको सार्वजनिक लेखा समितिका सदस्य मैनालीको अध्यक्षतामा पछर्यौट समिति गठन गर्ने र सििमतको कार्यक्षेत्र तोक्ने निर्णय गरेको हो । बैठकले आगामी कात्तिक ५ देखि १० सम्म सयुक्त राज्य अमेरिकाको राजधानी वासिंगटन डिसीमा आयोजना हुने विश्व बैंक समूह र अन्तराष्ट्रिय मुद्रा कोषको संयुक्त वार्षिक बैठकमा भाग लिने उपप्रधान एवम अर्थमन्त्री बिष्णुप्रसाद पौडेलको प्रतिनिधिमण्डललाई स्वीकृती दिने निर्णय गरेको छ ।

बैठकले प्रत्येक वर्षको बैशाख ७ गतेलाई राष्ट्रिय याक दिवसको रुपमा मनाउने पनि निर्णय गरेको छ भने समस्याग्रस्त सहकारी संस्था वा संघको व्यवस्थापन समितिको रिक्त पदमा धुव्र आचार्य, ललिताकुमारी महर्जन र महेशप्रसाद काफ्लेलाई मनोनयन गर्ने निर्णय गरेको छ । यस्तै पूर्वसचिव शारदाप्रसाद तित्रालको संयोजकत्वमा गठित त्रिभुवन विश्वविद्यालय जग्गा तथा सम्पत्ति खोजबिन समितिको म्याद २ महिना थप गर्ने र संयोजकमा सदस्य महेन्द्रकुमार थापा रहने गरी तोक्ने निर्णय गरेको छ ।
हेर्नुस् मन्त्रिपरिषदका निर्णयहरु


 

लेखक चिनारी

प्रतिक्रिया
यो पनि पढ्नुहोस्
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७