खनालको चेतावनी : पश्चगामी ढङ्गले संविधान संशोधन गर्न खोजिए अर्को जनआन्दोलन निम्तिन्छ


२०८१ असोज ४ शुक्रबार १८:२८ बजे

काठमाडौं । नेकपा एकीकृत समाजवादीका सम्मानित नेता तथा पूर्व प्रधानमन्त्र झलनाथ खनालले संविधानभित्रका समाजवादी पक्षहरुलाई तलमाथि हुने गरी संशोधन गर्न कोशिस भए अर्को जनआन्दोलन निम्तिने चेतावनी दिएका छन् ।

काठमाडौंमा आज (शुक्रबार) आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै उनले संविधान बनाएको ९ वर्ष पूरा भएको भन्दै संविधान संशोधन गर्ने नाममा समाजवादी पक्षहरुलाई तलमाथि गर्ने कुरा सह्य नहुने बताए । उनले संविधान एउटा सम्झौता भएकाले संविधानको रक्षाका लागि आन्दोलन गर्ने समेत चेतावनी दिए ।

नेता खनालले संविधानमा भएका पुँजीवादी र काम नलाग्ने कुरालाई हटाउन आवश्यक रहेको बताए । काम नलाग्ने कुराहरुलाई क्रमिक रुपले संशोधन गर्दै जानुपर्ने बताए । उनले संविधानमा भएका प्रगतिवादी कुराहरुमध्ये कुनै पनि कुराहरुलाई पश्चगामी ढङ्गले संशोधन गर्न प्रयत्न गरे देशमा अर्को जनआन्दोलन निम्तिने चेतावनी दिए ।

उनले थपे, ‘यो संविधान बनेको ९ वर्ष भयो । हिजो मात्रै संविधान दिवस मनायौं । यो संविधान एउटा सम्झौताको संविधान हो । यो संविधानभित्र पुँजीवाद पनि छ, समाजवाद पनि छ । दुई वटै कुराहरु छन् । हामी यो संविधानभित्रका समाजवादी पक्षहरुलाई तलमाथि कसैले गर्छ भने हामी त्यसकाबिरुद्ध फेरि राष्ट्रव्यापी आन्दोलन गर्छौं । यो संविधानको रक्षाका लागि । यो संविधानमा भएका पुँजीवादी कुराहरु, केही काम नलाग्ने कुरा पनि छन् ।  ती काम नलाग्ने कुरालाई क्रमिक रुपले संशोधन गर्दै जानुपर्छ ।’ खनालले पार्टीलाई नयाँ ढंगले निर्माण गर्नुको विकल्प नरहेको पनि बताएका छन् । 
 

लेखक चिनारी

प्रतिक्रिया
यो पनि पढ्नुहोस्
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७