पूर्वाधार विकास कार्यालयका सबइन्जिनियर र सुपरभाइजर भ्रष्टाचारी ठहर


२०८१ असोज २ बुधबार १८:३६ बजे

काठमाडौं । सिन्धुपाल्चोकको पूर्वाधार विकास कार्यालयका सबइन्जिनियर र सुपरभाइजर भ्रष्टाचार मुद्दामा दोषी ठहरिएका छन् । यस मुद्दाका एक प्रतिवादी सुम्बा शेर्पाले भने सफाइ पाएका छन् ।बुधबार विशेष अदालतले तीनमध्ये दुई प्रतिवादीमाथि कसुर कायम हुने फैसला गरेको हो । न्यायाधीशहरू खुसीप्रसाद थारू र रामबहादुर थापाको इजलासले मुद्दा दायर भएको डेढ महिनामै फैसला गरेको छ ।

जिल्ला प्रशासन कार्यालय दोलखाले प्राप्त प्रमाणसमेत संकलन गरी यो विषयमा अनुसन्धान गर्न भनी अख्तियार दुरुपयोग अनुसन्धान आयोगलाई पत्राचार गरेको थियो । कार्यालयका सबइन्जिनियर हिराबाबु थापाले घुस रकम लिन सुपरभाइजर नहकुल शिवाकोटी र सुम्बा शेर्पालाई पठाएको अनुसन्धानले देखाएको थियो । दोलखाको बिगु गाउँपालिका– स्थित लाकुरीडाँडा–पीपलडाँडा ग्रामीण सडकको स्तरोन्नतिका लागि घुस मागिएको थियो ।

कमिसन बापत भन्दै ८० हजार रुपैयाँ लिएको खुलेपछि तीनै जनालाई प्रतिवादी बनाउँदै यसै वर्ष १४ साउनमा मुद्दा चलाइएको थियो । यसमाथि फैसला गर्दै विशेषले थापालाई ४ महिना कैद र ८० हजार रुपैयाँ जरिवाना तिराउने निर्णय गरेको छ । यस्तै शिवाकोटीलाई भने मतियार ठहर गर्दै आधा सजाय गरिएको छ । उनले जरिवानाबापत ४० हजार रुपैयाँ तिर्नुपर्नेछ भने २ महिना कैद सजाय सुनाइएको छ । 
 

लेखक चिनारी

प्रतिक्रिया
यो पनि पढ्नुहोस्
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७