रास्वपाको नयाँ नारा : अब जान्ने बनौं 

लिडरसीप एकेडेमीबाट नेता उत्पादन गर्ने अवधारणा


२०८१ असोज ३ बिहीबार ०१:५० बजे

काठमाडौं ।  राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले नयाँ नारा तय गरेको छ । सभापति रवि लामिछानेको राजनीतिक प्रतिवेदनसँगै राष्ट्रिय भेलाले नयाँ नारा ‘अब जान्ने बनौं’ भन्ने नारा पारित भएको हो । रास्वपाले यसअघि यसअघि ‘जान्नेलाई छान्ने’ नारा लिएको थियो । 

सभापति लामिछानेले पछिल्लो नारा लिडरसिप एकेडेमीको अवधारणालाई सफल बनाउन ल्याइएको बताएका छन् । ‘पार्टी गठनको पाँच महिनामै २०७९ को आमनिर्वाचनमा होमिँदा हामीले नारा बनाएका थियौँ, जान्नेलाई छान्ने’, प्रतिवेदनमा लामिछानेले भनेका छन्, ‘युवा उमेरमै समाजमा राम्रो पहिचान बनाएका, उच्च शैक्षिक योग्यता भएका र नैतिक एवम् राजनीतिक रूपमा इमानदार हाम्रा उम्मेदवार तुलनात्मक रूपमा ‘जान्ने’ भएकाले यो नारा दिएका थियौँ । यो नाराले अन्य लका पनि ‘जान्ने’ उम्मेदवार छान्न मतदातालाई दबाब परोस् भन्ने अभिप्राय बोकेको थियो, एक हदसम्म यसले काम पनि गर्‍यो ।’ 

उनले एउटै नाराले परिवर्तित अवस्थामा चित्रण र जनभावनाको प्रतिनिधित्व गर्न नसक्ने भएकाले ‘अब जान्ने बनौं’ नारालाई सार्थक बनाउने अभियान ल्याएका बताए । यो अभियान नै लिडरसिप एकेडेमी भएको लामिछानेको भनाइ छ । उनले लिडरसिप एकेडेमीमा थोरै राजनीतिक र धेरै व्यवस्थापकीय ज्ञान लिने, दिने अभ्यास गरिने उल्लेख गरेका छन् ।

‘शासन-प्रशासन सञ्चालन, नीति–योजना निर्माण, नागरिकमैत्री राजनीतिक सेवालगायत विषयमा प्रशिक्षित हुन्छौँ’, लामिछानेको राजनीतिक प्रतिवेदनमा भनिएको छ, ‘लिडरसिप एकेडेमी पढ्नेभन्दा सिक्ने र त्यसभन्दा बढी गलत सिकाइ बिर्सने ठाउँ हो, जहाँबाट प्रशिक्षित भएर योग्य उम्मेदवार मतदाताबीच जानेछन् ।’ 

‘१६ मंसिर २०८१ का लागि स्थानीय निर्वाचन घोषणा भएको छ । त्यस बेलासम्म हाम्रो योजनाको लिडरसिप एकेडेमीबाट योग्य उम्मेदवार तयार हुने सम्भावना कम भएकाले सो निर्वाचनमा हामी आफ्नो उम्मेदवार उठाउने, योग्य गैरदलीय स्वतन्त्र उम्मेदवारहरूलाई घण्टी चिन्ह दिने वा कुनै गैरदलीय स्वतन्त्र उम्मेदवारलाई समर्थन मात्र दिनेमध्ये एक विकल्प छान्न सक्नेछौं ।’ तयारी र योग्यता पुगेको उम्मेदवार बिना चुनावमा सहभागी हुनु ठिक नहुने लामिछानेले बताएका छन् । सके हाम्रोले नसके राम्रोले जित्नुपर्ने उनको भनाइ छ । 
 

लेखक चिनारी

प्रतिक्रिया
यो पनि पढ्नुहोस्
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७