देउवाको खुलासा : साथीहरू आत्तिन थालेपछि एमालेसँग गठबन्धन


२०८१ भदौ २७ बिहीबार ०७:०७ बजे

काठमाडौं । सत्ता साझेदार नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले पार्टीका नेताहरु आत्तिन थालेपछि नेकपा एमालेसँग गठबन्धन गरिएको खुलासा गरेका छन् । पार्टी कार्यालय सानेपामा आज आयोजित ‘उत्कृष्ट गाउँ–नगरपालिकालाई सम्मान कार्यक्रम’ लाई सम्वोधन गर्दै पूर्व प्रधानमन्त्री समेत रहेका देउवाले एमालेसँग मिलेर सरकार बनेपछि कांग्रेस छाडेर अन्य दलमा जानेहरू पनि पुनः फर्किन थालेको सुनाए ।

उनले सरकारबाट पार्टी बाहिर रहे सकिन्छ भन्ने गुनासो पार्टी नेताहरुबाट आएपछि एमाले अध्यक्ष केपी शर्मा ओलीसँग मिलेर सरकार बनाएको बताए । ‘सहमति नेपाली कांग्रेसका साथीहरूको भावना अनुसार हो । धेरै साथीहरूले भन्नु भयो जहाँ जाँदा पनि सरकार फर्काउनु पर्छ हाम्रो पार्टी सिद्धिन्छ भन्नु भयो । ओलीजीसँग कुरा गरे अनि सकारात्मक कुरा आयो’ उनले खुलाए ।

उनले एमालेसँग भएको सहमति अनुसार २ वर्ष पुगेपछि आफू प्रधानमन्त्री बन्ने लिखित सहमति भएको पनि बताए । ‘एमाले र माओवादीको सरकार हुँदा हाम्रा पार्टीका सबै साथीहरू चिन्तित र डराएका थिए,  अहिले देशभरका साथीहरूमा सुखद कुरा आएको छ सबै साथी खुशी छन् ।’

सभापति देउवाले २ पार्टीको बिचमा भएको सहमतिले अरू दल सकिने हो कि भन्ने डर नपाल्न अनुरोध गरेका छन् । उनले भने, ‘कांग्रेस–एमाले मिले अरू पार्टी सिद्धिन्छ भन्ने साथीहरुलाई होला, हाम्रो नीति अरूलाई सिद्ध्याउने हैन‚ ओलीजीको पनि त्यस्तो कुरा हैन होला ।’
 

लेखक चिनारी

प्रतिक्रिया
यो पनि पढ्नुहोस्
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७