दरबारमार्गमा ‘नेसनल डे कन्सर्ट’, ढपक्क राष्ट्रिय झण्डा


२०८१ असोज ३ बिहीबार ०१:५७ बजे
तस्वीर : रासस

 काठमाडौँ । नागरिकस्तरबाट आयोजित ‘नेशनल डे कन्सर्ट’ का कारण अहिले काठमाडौँको दरबारमार्ग राष्ट्रिय झण्डाले ढपक्क ढाकेको छ । संविधान दिवसको अवसर पारेर आज आयोजना भइरहेको नेशनल डे कन्सर्टमा नागरिकहरू दरबार मार्गमा राष्ट्रिय झण्डासहित सहभागी भएका हुन् । कार्यक्रमको सुरक्षाका लागि पाँच हजार सुरक्षाकर्मी परिचालन गरिएको छ । 

बृहत् नागरिक आयोजक समितिले आयोजना गरेको उक्त कन्सर्टमा विभिन्न कलाकारहरूको प्रस्तुति रहने बताइएको छ ।  कन्सर्टमा सहभागी हुन सरकारले आग्रह गरेको छ । दर्शकहरू राष्ट्रिय झण्डा बोकेर दरबारमार्ग क्षेत्रमा सांगीतिक प्रस्तुतिमा झुमिरहेका छन् ।

कन्सर्टले लोकतान्त्रिक यात्रा र संविधान निर्माणको ऐतिहासिक बलिदानलाई सम्झाउने आयोजकले जनाएको छ । राष्ट्रिय एकता, स्वाभिमान, र राष्ट्र प्रेमका विषयवस्तुहरूलाई केन्द्रित गर्दै कुटुम्ब, इलिमेन्ट्स, अन्तराः लगायतका ब्यान्डहरूले प्रस्तुति दिनेछन् । 
 

लेखक चिनारी

प्रतिक्रिया
यो पनि पढ्नुहोस्
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७